सुनाखरी ब्याण्डले नोभेम्बर ३०मा "नारायण गोपाल स्मृति सांझ २०१४ "को आयोजना गर्ने
ऐश्वर्य श्रेष्ठ, नमस्ते नेपाल कोरिया डट कम -
सुनाखरी ब्याण्डले यही नोभेम्बर ३० मा " नारायण गोपाल स्मृति सांझ २०१४ "को आयोजना गर्ने भएको छ ।
चर्चित स्थानीय सांगीतिक समुह सुनाखरी ब्याण्डले स्वरसम्राट नारायण गोपालको २४ औं स्मृति दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गर्न लागेको हो ।
सोलस्थित नेपालहाउसमा हुन लागेको सो कार्यक्रम आगामी आइतबार दिनको १२ बजे शुरु हुनेछ ।
" श्रष्टाको सम्मान सुनाखरी व्याण्डको अभियान " भन्ने नाराको साथ सो कार्यक्रम गर्न लागेको संस्थापक अध्यक्ष रमेश संग्रौंलाले बताए ।त्यसैंगरी कोरियामा रहेर सामाजिक सेवामा विशिष्ट योगदान दिएका तथा सुनाखरी ब्याण्डलाई प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग पुरयाएका संघसंस्था,व्यक्तिलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।
डेढ दर्जन बढी नारायण गोपालका सदाबहार गीतसंगीतलाई सुनाखरी ब्याण्डका सदस्यहरुले गाउने तयारी गरीरहेको समेत संग्रौंलाको भनाइ छ ।सुनाखरी ब्याण्डमा गायक तथा संगीतकार रमेश संगौला किबोर्ड बादक हुँन भने डी आर अटु कुशल बाँसुरी बादक तथा संगीतकार पनि हुन् ।
त्यसै गरि गायक रघुनाथ महर्जनले तबलामा साथ दिन्छन भने दिपक कुमार शर्माले रघुनाथ महर्जनसंगै तालबादनमा साथ दिन्छन ।राम्रा गजल लेखन गर्ने शर्मा ब्याण्डका दोहोरी गायक पनि हुन् ।त्यसैंगरी रोहित गुरुंगले गायनसंगै गिटार बजाउन्छन् ।
समिर मोक्तान , सरोज अधिकारी, मिना राई , बिमला धिमिरे र मिना लामाले संग्रौला र गुरुङ संगै स्वरमा साथ दिन्छन । भर्खरै मात्र ब्यान्डमा आबद्ध भएका नरेन्द्र श्रेष्ठले छायांकनको भूमिका निभाउन्छन, भने सपना अधिकारी ब्याण्डका गायकहरुका रेकर्डेड गीतहरुमा मोडलिंग गर्छिन् ।
डेढ बर्ष अघि सिर्जना ब्याण्डको नामले स्थापना भएको सुनाखरी ब्याण्डले दक्षिण कोरियामा रहेर नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रियरुपमा चिनाउने काम गरिरहेको छ ।
कार्यक्रम जानकारी :
कार्यक्रम : नारायण गोपाल स्मृति सांझ २०१४
स्थान : नेपाल हाउस तुगंदेमुन वान्नाम्दोंग सागरी सोल,
समय : नोभेम्बर ३०,आइतबार दिनको १२ बजे ।

0 comments
Write Down Your Responses