कोरियामा एक दशक कर्म र मर्ममा चुर्लुम्मै डुबेका भिडियोगुरु

सफल पक्कै भइन्छ भाग्यमा मात्र होइन आफ्नो लगन मेहनत र परिश्रममा बिश्वाश गर्नुस अरुमा हैन आफैमा भर पर्नुस भन्ने मानसिकता बोकेर हिड्ने वहाँ बहु प्रतिभा मेहनती भनौं आफ्नो काममा हरदम तल्लीन रहने जुझारु युवा निर्देशक हुन् रिकमान थापा मगर।
दुख कस्ट सम्हालेर प्रत्येक क्षण सदुपयोग गर्दै भबिस्य कोर्न सके कोरियाको इपिएस समयावधि ज्यादै मनोरम अर्थपूर्ण सिकाइ भोगाइ र उपलब्धिमूलक हुने वहाँको बुझाई छ । बैदेशिक रोजगारीको राम्रो गन्तब्य मानिएको ठाउँ दक्षिण कोरिया यस्तो ठाउँ पनि हो जहाँ मानिसहरु विभिन्न कठिनाईका कारण आफुलाई सम्हाल्न नियन्त्रण गर्न नसक्दा ,उचित साथ सल्लाह नपाउदा दिन - दिनै डिप्रेसनको सिकार हुने, सुसाइड गर्ने बेवारिसे हुने जस्ता घटनाहरुबाट ग्रसित भैरहेका छन । हामी युवाहरुको समय जुझारु अवस्थामा श्रम बेचेर आफ्नो परिवारको जिम्मेवारी सगै भबिस्य निर्माण गर्नु पर्ने परिस्थिति सग पौठाजोरी गरिरहदा यी र यस्ता विभिन्न कठिन परिस्थिति हरुमा पनि उनले अधिक संघ संस्थामा रहेर इमानदार पूर्बक सामाजिक काम गरेर एउटा सम्झना लायक सन्देशमुलक छाप छोडेका छन । वास्तबमा भन्नु पर्दा कोरिया सोचे भन्दा धेरै फरक छ नै तरपनि जे जस्तो अवस्था छ अवस्य पनि हामी सोही अनुरुप समायोजन र समाहित हुनुपर्ने हाम्रो बाध्यता नै छ भनौं । रोजगारीको शिलशिलामा दक्षिण कोरियामा आएर उहाले बचेको समयमा गरिब दिन दुखिहरुलाई हामी एउटा सामाजिक प्राणी भएको नाताले गर्दा आफुले सकेको बेलामा जति सकेको सानोतिनो सहयोग गरि बाचुन्जेल सम्म सबै संग हाँसी खुशी मिलेर बाँचौं भनेर नै मन,भावना मिल्ने साथीभाइहरुको सहयोगमा आपसी सद्भाव जगाउदै विभिन्न सामाजिक कामहरुमा अग्रसर रहेको बताए । दुई कार्यकाल अर्थात एक दशक सकुशल बिताउनु पनि हामी सामान्य श्रमजीवी नेपालीहरुका लागि एउटा सौभाग्य ठुलै युद्ध जिते सरह लाग्ने रैछ हजुर । मन्द हासोमा यी हरफ प्रफुल्लित हुँदै उनले मतिर छर्किए । हामी सबै चार दिशा अनेकौं परिस्थिति र बिबसतामा बिदेशी भुमिमा आएका छौं ! हर समय दुख बेदना उतारचढावहरु त सबैको जीवनकाल भरिनै आइरहन्छन् नि न कि यहाँ मात्र त होइन नि ! विशेषगरी प्रबाशमा चिन्ता कुन्ठा समस्या अप्ठ्याराहरुलाई सहज सरल र सामन्य रुपमा लिनुपर्ने रैछ , यी आउँछन बिस्तारै हल हुदै जान्छन । जुन हरेक समय चक्र रेखा -लेखा र समयको बहाव सगै घट्दै बड्दै जिबनमा कोरिरहन्छन नै ,समयलाई सक्दो आफ्नो पक्षमा पार्नुपर्छ, आफ्नो मनलाई आफैसग सम्झाई बुझाई फकाइ राख्नुपर्छ । आफ्नो सोच मनलाई कस्तो बनाउने हामी आफैमा भर पर्दछ । आफु भित्र आफैमा प्रेम धैर्यता साहस अनि इच्छा शक्ति हुनुपर्छ, जहाँ जस्तोसुकै परिस्थितिमा पनि एक साथ कुरा गरिरहने आफू भित्रको मन नै हो त्यसैले मनलाई सजाउन सके सबै बाह्य कुराहरुमा पनि बिजय र सफलता खुशी प्राप्त गर्न सकिन्छ । यति सम्म भलाकुसारी गर्दै आउदा उनले अलि आध्यात्मिक भावको चित्तबुझ्दो भोगाइ साटेका हुन कि जस्तो मलाई लाग्यो। प्रदेशमा रहेर पनि हामी भौगोलिक रुपमा जो जहाँ जसरी रहेतापनी दुरी टाढा भएता पनि आफ्नो देशमा भएको विभिन्न राष्ट्रिय सहयोग अभियान सगै प्राकृतिक प्रकोपबाट पीडित क्षेत्रहरुमा आर्थिक सहयोगहरु, विभिन्न सामाजिक, सास्कृतिक ,धार्मिक गतिविधि तथा कार्यक्रमहरु संचालन गर्दै संजाल ग्रुप च्याटहरु बाट मन मिल्ने साथीभाइहरु बीच आपसी मेलमिलापमा सद्भावना प्रगाढ बनाउदै विभिन्न सहयोग संकलन गरि रकम उठाएर पारदर्शी रुपमा सहयोग गर्न पाउदा पनि काम तनाव बाट अलिकति भएपनि आत्मसन्तुष्टि खुशी आनंद मिल्ने रहेछ । उनले सन्तोषको भावनामा बताए।
फुर्सदमा समय तेतिकै लखेट्नु , सर्सर्ती जानी नजानी जे जहाँ नि हावाहुरीमा चिच्याउन मच्चिन भन्दा पनि पर्दा भित्र यानकी कुनै कर्मको मर्म गहिराईमा गहिरिएर चुर्लुम्म डुब्ने सिक्ने लागिपर्ने स्वभाव ,भद्द ,शालीन गर्हुङ्गो ब्यक्तित्व छबि भएकै कारणले होला कोरियाको कठिन परिश्रम सगसगै पनि केहि थप नाम, सीप ,खुबी बटुल्न उनी सफल भए ।
हाल पनि विभिन्न संघ सस्थामा हातेमालो आबद्धता रहदै आएका उनि नवलपुर समाज, दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष पनि हुन। हरेक कार्यक्रम संघ सस्थाहरुमा उपस्थित भै कुशल भिडियोग्राफी ,नृत्य सग सगै नृत्य निर्देशन ,क्यामरा, भिडियो सम्पादन गर्ने गरेका उनिले यो सवै एउटा क्षमताको पाटो खुबी भनौं यहीँ कोरियामै हुर्काएका हुन । धेरै म्युजिक भिडियोहरु करिब ३ दर्जन भन्दा बढी म्युजिक भिडियोहरु निर्देशन समेत गरेका उनी कोरियामा सफल ब्यस्त निर्देशकको उप नामले समेत चिनिएका छन् रिकमान थापा मगर । कोरियामा ब्यस्त समयको बाबजुद रहेर पनि बाँकि समय विभिन्न अनलाइन मिडियाहरु नेपाली वेव टि भी, ग्लोबल न्युज नेपाल, रियोना फिल्म्स प्रालि ,हाम्रो चौतारी संचालन गर्दै आईरहेका छन । वहाँ नेपाल फर्केर पनि यही क्षेत्रमा लागि परी संचार सगै सागितिक क्षेत्रमा अझ नंया आयाम र परिबर्तनको स्वाद पस्कने चाहना राखेका छन ।
अन्तमा म पनि वहाँको एक अभिन्न मित्र भएको नाताले हाम्रो सानोतिनो कुराकानी बिट मार्दै यहाँहरु समक्ष केही सम्झना भनौं वा दुई चार सन्देश अथवा बिदाइको कोशेली नै भनौ यहाँ प्रस्तुत गर्ने अनुमति चहान्छु ! यहि शुक्रबार जनवरी १० तारिख स्वदेस फर्कदै लाग्नुभएकोमा हार्दिक  शुभयात्रा मित्र गुरु  । नेपाल बसाई टन्नै रमाइलो आनन्दी र फलदायी रहोस ! उत्तरोत्तर हार्दिक बधाई र शुभकामना।
- प्रस्तुति : कृष्ण पुरी ।
९ जनवरी २०२० कोरिया ।



0 comments

Write Down Your Responses

-->