बाचन प्रविण पण्डित दिनबन्धु पोखरेल कोरियामा , आत्मशान्ति तथा आध्यात्मिक प्रबचन हुने

कृष्ण पुरी,सोल द.कोरिया
२७  मे , २०१६ l

कोरियामा हुने रोटरी इन्टरनेसनल सम्मेलनमा भाग लिन वाचन प्रविण प.श्री दिनबन्धु पोखरेल आज बिहान सबेरै कोरिया आई पुग्नुभएको छ l
 मे २९ देखि  लगातार ३ दिन सम्म चल्ने सो सम्मेलनमा पोखरेल नेपाल बाट सहभागी हुन् आउनु  भएको हो lसम्मेलन पश्चात पोखरेलको समूपस्थितिमा सोहि अवसरलाई सदुपयोग गर्दै यहाँ रहेका नेपालीहरु माझ पनि एक उपयोगी कार्यक्रम गर्ने उदेश्यले  कोरियाको एनआरएनको विशेष नेतृत्वमा  विभिन्न संघ सस्थाहरुको सहकार्य र सहभागितामा एक दिने आत्मशान्ति तथा मानसिक तनाव व्यवस्थापन साथमा आध्यात्मिक प्रबचन कार्यक्रम आयोजना गरिएको छ l कोरियामा अहिले भैरहेको बिभिन्न प्रकारको मानबिय घटनालाई मध्यनजर गर्दै शान्ति कार्यक्रम र यहाँ समस्यामा रहेका नेपालीहरुको मानसिक शान्तिको निम्ति यस प्रकारको तनाब ब्यबस्थापन तथा आध्यात्मिक चिन्तन कार्यक्रम तय गरिएको हो l
सो आयोजित कार्यक्रममा कोरियामा आम नेपालीहरु बीचमा सद्भावना कायम, बढ्दो नेपालीहरुको आत्महत्या रोकथाम बारेमा साथै बिभिन्न दुर्घटना बाट कसरी आत्म सयमित भएर सन्तुलित जीबनयापन गर्ने लगाएत विविध बिषयमा प्रबचन केन्द्रित रहने बताईएको छ l कोरियामा रहनुहुने सम्पूर्ण नेपाली संघ सस्थाहरु, ब्यबसायी,बुद्धिजीवी,पत्रकार विधार्थी लगाएत बिभिन्न पेसाकर्मी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै जानकारी मार्फत उपस्थितिको लागी एनआरएन कोरिया  द्वारा हार्दिक अनुरोध गरिएको छ l
कार्यक्रम सम्बन्धी विवरण :

कार्यक्रम : आत्म शान्तिका लागी मानसिक तनाव ब्यबस्थापन साथमा आध्यात्मिक प्रबचन ,
मिति : जुन ५ आईतबार ,२०१६
समय : मध्यान्ह १२ बजे देखी ,
स्थान :जुड़गु कुमिन ह्वेग्वान विल्डिड़ (एन आर एन कोरियाको अधिवेशन भएको हल)



मे २७ कोरिया आगमन 

0 comments

Write Down Your Responses

-->