कोरियामा एसियन महोत्सव नेपालीहरुको सस्कृति प्रदर्शन सगै भब्य सम्पन्न

३१ मे ,२०१६ कोरिया
नमस्ते नेपाल कोरिया सम्बादाता
भावनाले बिश्व शान्तिको संदेश छर्दै दक्षिण कोरियाको फेन्थेक शहरमा वर्ल्ड पिपुल्स डे को अवसरमा मनाइएको एसियन महोत्सब भव्यताका साथ् सम्पन्न भएको छ ।हिजो मे २९ तारिख आईतबार - फेन्थेक शहरमा एसियाका बिभिन्न देशका मनोरन्जनात्मक सास्कृतिक कार्यक्रमहरु , खेलकुदहरु साथै बिबिध प्रतियोगिताहरु बीच कोरीयन लगाएत सम्पूर्ण उपस्थित नेपालीहरु लगाएत प्रबाशीहरुले बहुसास्कृतिक महोत्सबको आकर्षणमा भरपुर रमाए । एसियन रास्ट्र सगै उल्लेख्य नेपालीहरुको उपस्थितिमा कार्यक्रम बिभिन्न चरणमा आफ्नो आफ्नो भेषभुषामा सजिएका थिए l फेन्थेक प्रबाशी सहयोग केन्द्रको प्रमुख अयोजना सगै फेन्थेक बहुसास्कृतिक परिवार , फेन्थेक नेपाली समिति, स्थानीय सामाजिक संघ सस्था साथै विभिन्न देशका प्रबाशिहरुको संग्लनतामा आयोजीत सो महोत्सबमा प्रमुख अतिथी फेन्थेक सिटीका मेयर गोंग जे ग्वांग ले शुभकामना राख्दै कोरीयन र प्रवाशीहरुको एकता र बहुसास्कृतिक सम्बन्धलाई विशेष जोड दिएर सम्बोधन गर्नुभएको थियो ।
एसियाका देशहरु कोरिया -जापान-चिन-नेपाल -फिलिपिन -कम्बोडिया भिएतनाम -थाइलेन्ड-श्रीलंका -इन्डोनेसिया, बंगलादेश ,म्यान्मार लगाएत बिभिन्न देशहरुले आफ्नो सास्कृतिक प्रस्तुतीहरु सगै आ-आफ्नो पहिचान झल्काएका देखिन्थे l सो महोत्सबमा आ-आफ्ना देशका खाना तथा परिकारका स्टल पनि संचालनमा रहेका थिए । मध्यान्ह १२ बजे फेन्थेकको एक कोरीयन समुहको तेक्वान्दो परेड प्रस्तुत सगै कोरीयन हाजिरीजवाफ , नेपाली क्यारम बोर्ड , खम्बा चढ्ने ,कुखुरा समात्ने जस्ता बिबिध प्रतियोगितात्मक खेलहरु सम्पन्न भएका थिए ।फेन्थेक सिटि द्वारा प्रायोजन गरीएको सो महोत्सवमा सास्कृतिक प्रतियोगितामा फिलिपिन, म्यान्मार र कम्बोडिया क्रमश उत्कृस्ट भएका थिए lएसियाका अन्य प्रबाशीहरुको सहभागिता सगै नेपालको प्रस्तुतिहरु तर्फ पनि रितमान थापाको नेतृत्वमा सामुहिक नेपाली लोकनृत्य र गौरब न्यौपाने द्वारा कोरियन गीत सोरिछ्य प्रस्तुत भएको थियो l खम्बा चढाईमा कम्बोडिया बिजयी,क्यारम बोर्डमा नन्दु तामांग,गोबिन्द शर्मा,आङ्गवा राई,कुमार बिजयी भएका थिए भने नेपाली सहभागीहरुले अन्य बिभिन्न खेलकुदमा पुरस्काहरु हात पारेका थिए l

कोरियाको फेन्थेक शहरमा रहेर सामाजिक क्षेत्रमा बिशेष योगदान पुर्याउनुहुने कोरियनहरु लगाएत केहि बिशेष प्रवाशीहरुलाई फेन्थेक माइग्रेन्ट केन्द्रको पहलमा उक्त शहरका नगर प्रमुख मेयर गोंग जाए ग्वान्गले सम्मान गर्दै सम्मानपत्र हस्तान्तरण गरेका थिए l सो सम्मानमा फेन्थेक माइग्रेन्ट नेपाली समितिका अध्यक्ष कृष्ण पुरीले पनि सम्मानपत्र ग्रहण गरेका थिए l एसियन रास्ट्र बीच चयन हुदै वहाले सो सम्मान प्राप्त गर्नुभएको थियो ।
सो अवसरमा नेपाली समितिले कोरियामा राहत कोष सहयोग सहित नेपालमा पनि सहयोग गर्ने उदेश्यले नेपाली परिकारहरु स्टलमा समोसा,म: म: लस्सी राखिएको थियो l स्टलमा श्याम रेग्मी तथा सर्दीप श्रेष्ठले बिसेष ब्यबस्थापन मिलाएका थिए l फेन्थेकमा अवस्थित आरति रेस्टुरेन्ट र कान्तिपुर रेस्टुरेन्ट द्वारा उक्त खानाको स्टल स्पोन्सर सहयोग गरिएको थियो ।साथै टिसर्ट वितरण लगाएत नेपाली कला ,सस्कृति प्रदर्शन सहित पुस्तक प्रदर्शनी पनि गरिएको थियो l













0 comments

Write Down Your Responses

-->