कोरियाको फेन्थेक शहरमा दशैँ कार्यक्रम सगै बिबिध सास्कृतिक रमझम हुने


विजयादशमी तथा दीपावलीको शुभकामना कार्यक्रम सगै बिबिध सास्कृतिक रमझम :

कृष्ण पुरी ,फेन्थेक , दक्षिण कोरिया l ०४ अक्टोबर,२०१६ l

२०७३ सालको विजयादशमी अर्थात् बडादशैँ भव्यताकासाथ मनाउन दक्षिण कोरियामा पनि विभिन्न स्थानहरुमा नेपालीहरु जुटिरहेको बेला फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (माईग्रेट सेन्टर) नेपाली समुदायले पनि आगामी अक्टोबर ९ तारिख आईतबार सो सेन्टरको आफ्नै भवनमा दशैँ शुभकामना सगै आउदै गरेको दीपावली पर्वको पनि स्वागत सहितबिबिध सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।प्रबाशी भूमिमा रहेता पनि नेपालीहरुमा एकआपसमा आत्मियता साट्दै नेपाली सस्कृतिको पहिचान र जगेर्ना गर्ने उदेश्यले आयोजना हुन गैरहेको उक्त कार्यक्रममा नेपाली परम्परा अनुसार टिका तथा जमरा ग्रहण, एकआपसमा शुभकामना आदानप्रदान, विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरु रहनुका साथै नेपाली परिकारका खानाको प्रबन्ध गरिएको सेन्टरका नेपाली कमिटीका अध्यक्ष श्याम कृष्ण रेग्मी ले बताएका छन् ।नेपाली सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको सो कार्यक्रममा कोरियाको स्थानीय ,नेपाली कलाकारहरुको प्रस्तुति रहने छन ।

कोरियामा २००५ को स्थापना कालदेखि नै बहुसंख्यक नेपालीहरूको साझा सस्थाको रूपमा बिकसित फेन्तेक माईग्रेट सेन्टरमा हाल उल्लेख्य नेपालीहरू एकजुट हुदै आईरहेका छन् ।आयोजकले सम्पूर्ण कार्यक्रमको तयारी पुरा भएको जानकारी गराउदै उक्त दिन राजदुताबास लगाएत बिभिन्न बिशेष अतिथिहरुको आतिथ्यमा कोरियामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि , पत्रकार ,बिध्यार्थी, बुद्धिजिबि तथा सम्पूर्ण महानुभावहरुलाई समयमै उपस्थित भएर कार्यक्रमको शोभा बढाई दिनुहुन हार्दिक निमन्त्रणा सहित गरिमामय उपस्थितिको लागी अनुरोध गरिएको छ।

कार्यक्रम तालिका :-मिती: २०१६ -अक्टोबर ९ तारिक आईतबार l
समय: मध्यान्ह ठिक १२ बजे देखी
कार्यक्रम प्रथम चरण :- दशैँ तथा दीपावली शुभकामना आदानप्रदान ,सम्मान तथा बिदाई
दोश्रो चरण:- टिका ग्रहण ,सास्कृतिक रमझम साथमा नेपाली भोजन
स्थान :फेन्थेक माईग्रेंट सेन्टरको भवन( फेन्थेक यगबाट ५०० मिटर भित्र )-उरी बैंक को सिधा आगाडि ]
सम्पर्क :-श्याम कृष्ण रेग्मी 01041658670 गोबिन्द शर्मा 01048388507 लेखनाथ पराजुली 01048976194 राजेन्द्र बेलबासे 01034235520
आयोजक -फेन्तेक प्रबाशी मजदुर सहयोग केन्द्र ( नेपाली समिती , फेन्तेक दक्षिण कोरिया )

0 comments

Write Down Your Responses

-->