हिन्दु जागरण अभियान दक्षिण कोरिया ले दशै कार्यक्रम गर्ने


सनातन हिन्दू धर्म र नेपाली संस्कृतिको संरक्षणार्थ संगठित संस्था हिन्दू जागरण अभियान दक्षिण कोरियाले यही मिति २०१६ अक्टोवर ८ तारिखका दिन नेपालीहरूको महान चाड विजयादशमी (बडा दशैँ) २०७३ को शुभ उपलक्ष्यमा शुभकामना आदानप्रदान विविध सांस्कृतिक कार्यक्रम तथा नवदुर्गा भवानीको टीकाजमरा ग्रहण कार्यक्रम आयोजना गर्ने भएको छ।
दक्षिण कोरियामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि ,ब्यबसायी,पत्रकार,कलाकार ,विद्यार्थी, बुद्धिजीवीहरु लगाएत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी सङै बसेर दशै कार्यक्रम मनाउन लागेको हिन्दु जागरण अभियान का अध्यक्ष अमृत प्रसाद बास्तोला ले जानकारी दिनु भयो।
दूतावास प्रतिनिधि ,गैरआवासीय नेपाली संघ नेपाल सम्पर्क समिती लगाएत अन्य सस्था का प्रतिनिधि हरु को पनि उपस्थिति रहने उक्त कार्यक्रम मा मान्यजन हरु बाट दुर्गा भवानि को टीका जमरा ग्रहण का साथै दशै का विभिन्न परिकार हरु को स्वाद लिन तथा विविध सास्कृतिक प्रस्तुती मा रम्न सकिने कुरा को पनि जनकारी गराउनु भयो।
प्रबसी भुमि मा आफ्नो धर्म सस्कृती को प्रबधन पनि हुने तथा स्वम आफै उपस्थित भइ दशै कार्यक्रम मा रमाउन सकिने हुदा दक्षिण कोरिया मा रहनु हुने सम्पुर्ण नेपाली हरुलाइ कार्यक्रम मा उपस्थित भइ टीका जमरा ग्रहण गरि कार्यक्रमको शोभा बढाई दिनुहुन हार्दिक निमन्त्रणा गरेको कुरा अध्यक्ष बास्तोला ले जानकारी गराउनु भयो।
कार्यक्रम समन्धी तालिका :-
मिती: २०१६ -अक्टोवर ८ तारिक शनिबार ।
स्थान : नाङ्गलो रेष्टुरेन्ट (पुरानो DR international hall) दोङ्गदेमुन गेट नं 3
समय;- बेलुका ८ बजे
सम्पर्क :- 01029468611 (अमृत बास्तोला ) 01068698195 ( एकराज दाहाल ) 01032897712 ( गोविन्द बराल ) 01067132440 (याम सापकोटा ) 01059342760 ( सोम नाथ शर्मा आचार्य ) 01028932283 (किरण अधिकारी )

0 comments

Write Down Your Responses

-->