दशैं - कबिता

दशैं

~~ कृश गुल्मेली बाबू
दशैं आयो गाँऊ-घरमा चहल पहल होला
घर-गोठ लिप पोत गरि सिंगारेको होला।।
जमरा राख्ने दिन गनी जौं भिजायको होला
सबै जना हांसी खुसी रमायको होला~~
दशैंमा टीका लगाउने रहर हामीलाई नि होला-?

घर मुनिको चौपारिमा पिङ् हाल्दै होला
सबै जना गफ़ गर्दै हामीलाई सोध्दै होला!
जेठा,माईला,साईला,कान्छा आउछन भन्ने होला
यो दशैंमा घर जान पाएन अब के भन्ने होला~~?
दशैं मा टीका लगाउने रहर हामीलाई नि होला-?

पैसा छैन मेरो साथमा अब के गर्ने होला
घरबाट फ़ोन आयमा मैले के भन्ने होला~~?
गरीवीले घर छोड़ने हाम्रो भाग्य कस्तो होला
जस्तो परेनी सहनुपर्ने ईश्वोर हामीलाई मात्र होंला
दशैं मा टीका लगाउने रहर हामीलाई नि होंला---?
(क्रिश गुल्मेली बाबू
लुम्छा बजार-6 गुल्मी


हाल:-कोरिया)

0 comments

Write Down Your Responses

-->