असाहय गरिब तथा जेहेन्दार बिद्यार्थी छात्रवृत्ति सहायतार्थ भक्तपुर समाजले नोभेम्बर २७ मा पुल प्रतियोगिता गर्ने

भक्तपुर समाज दक्षिण कोरिया ले नोभेम्बर २७ तारिक आइतबार दोन्देमुनको पुजा रेस्टुरेन्ट को माथिल्लो तल्लामा रहेको शेर्पा पुल हाउस मा पुल गेम प्रतियोगिता गर्ने भएकाले सम्पूर्ण महानुभावहरूलाई उत्साहप्रद सहभागिताका निम्ति आव्हान गरिन्छ। खेलका माध्यमले भाईचारा र सद्भाव अभिवृद्धिसँगै असामान्य असाहय गरिब तथा विपन्न जेहेन्दार विद्यार्थी छात्रवृत्ति सहायतार्थको उद्देश्यले आयोजित उक्त प्रतियोगिताको सफल आयोजनका निम्ति यहाँहरूको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ। कोरिया मा रहनुहुने सम्पुर्ण संघसंगठनका प्रतिनिधिज्युहरुले साङगठानिक वा ब्यक्तिगत रुपमा आआफ्नो टिम दर्ता गराइ सामाजिक कार्यमा हातेमालो गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । त्यस्तै कोरियामा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुले पुल प्रतियोगितामा प्रतिस्पर्धा गर्नको लागि आआफ्नो नाम दर्ता भक्तपुर समाजका पदाधिकारीहरुमा गराउनु हुन हार्दिक अनुरोध गर्दछौं ।
प्रथम पुरस्कार :-५००००० (पाँच लाख) कोरिएन वोन र प्रमाणपत्र
दोस्रो पुरस्कार :-३००००० तीन लाख वोन र प्रमाणपत्र
पुल गेमको दर्ता शुल्क :-५०००० वोन र एलियन कार्ड को फोटोकपि(नाम दर्ता को लागि फेसबुक भाइबर बाट पनि गर्न सकिनेछ)
नाम दर्ता सुल्क उरि बैंक खाता न -1002546307718 (रमेश गिरि) मा जम्मा गर्नुहोला र मेसेज वा कल गर्नुहोला
प्रतिस्पर्धामा आयोजक ले बनायेको नियम लागू हुनेछ ।अन्तिम निर्णय आयोजक को सर्बमान्य हुनेछ।
नाम दर्ता को लागि सम्पर्क
रमेश गिरि -01048979127
रन्जित भारती:-01048371292
राम पोख्रेल :-01033021819
रोशन नेमाफुकी:-01073267055

0 comments

Write Down Your Responses

-->