कास्की परिवार द्वारा नयां बर्ष सांगीतिक साँझ भब्य सम्पन्न

कृष्ण पुरी :१६अप्रिल,२०१८। कास्की परिवार कोरिया द्वारा नयां बर्ष शुभकामना सांगीतिक साँझ भब्यरुपमा सम्पन्न :कास्की परिवार दक्षिण कोरियाले नया बर्ष २०७५ को उपलक्ष्यमा गत शनिबार १४ तारिख नयाँ बर्ष शुभकामना साङ्गितिक साझ २०७५ को आयोजना गरेर सफलता पूर्वक मनोरन्जनात्मक तवरले सम्पन्न गरेको छ l विभिन्न उदेश्यका साथ कोरियामा रहनु भएका कास्केली तथा अन्य जिल्ला बाट पाल्नु दाजुभाइ दिदीबहिनीहरु साथै कोरिया मा क्रियाशील बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको पनि उलेख्य उपस्थिति रहेको कार्यक्रममा नेपाली खानाको परिकार नेपाली गीत सङ्गीत तथा नृत्य ले कार्यक्रम को माहोल रोमान्चित बनेको थियो।
कार्यक्रममा कोरियामा रहि गीत संगीत क्षेत्रमा पहिचान बनाउनु भएका स्थानीय नेपाली कलाकारहरु टिका नेपाली ,गङ्गा नेपाली ,अमृत बोहरा, कृष्ण नेपाली ,धन बहादुर थापा को समूह ले बेजोड साङ्गितिक प्रस्तुति दिई रहदा कोरियामा लोक दोहरी गायिका को पहिचान बनाउनु भएकी रमिला गौतम र उहालाइ साथ दिन इन्द्र बराल को दोहरी घम्साघम्सीमा नाच्दै उपस्थित ब्यक्ति हरु रमाइ रहनु भएको थियो l
कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्नुभएका कास्की स्थाइ घर भइ हाल नेपाली दुतावास कोरियामा श्रम कन्सुलरको रुपमा हालसालै नियुक्त हुनु भएका डिल्ली राम बास्तोलालाई कास्की परिवारका तर्फबाट स्वागत तथा सम्मान गरिएको थियो l वहाले प्रमुख अतिथिको रुपमा शुभकामना दिनुहुदै कोरियामा रहनुभएका नेपालीहरु प्रति दुताबास जिम्मेवार पुर्बक लाग्दै सहयोगी र कामदारहरुको हितमा सल्लाह सुझावहरु राख्नुभएको थियो l
औपचारिक रुपमा अमृत बास्तोला द्वारा संचालित कार्यक्रमको सभापति कास्की परिवार का अध्यक्ष दिल जलारी पासा हुनुहुन्थ्यो भने स्वागत मन्तब्य सस्थाका वरिष्ठ उपाध्यक्ष हरि शंकर भण्डारीले राख्नु भएको थियो ।कार्यक्रममा बिशेष अतिथि एनआरएन अध्यक्ष लक्ष्मी लामा गुरुङ ,एनसीसी अध्यक्ष अन्जु केसी ,तमुधीका अध्यक्ष जीत गुरुङ आदिबासी जनजाति तर्फबाट मल्लिका थकाली ,बरिष्ठ सल्लाहकार खोम गुरुङ , प्रवासी नेपाली मन्च का अध्यक्ष परशुराम सापकोटा,लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो l
साङ्गितिक कार्यक्रमको संयोजकको भुमिकामा रहनु भएका दल बहादुर गुरुङ्ग को ब्यबस्थापनमा आफ्नो गित तथा नृत्य ले दर्शक लाई झुमाउनु हुने पुरन गुरुङ ,नाच ले सबैलाइ मोहित बनाउनु हुने नाजु गुरुङ्ग दोहरी घम्साघम्सी मा इन्द्र बराल र रमिला गौतम , आफ्नो मधुर प्रस्तुति दिनुहुने सहेन्शा दियाली ,चन्द्रा गुरुङ्ग हरुको मनोरञ्जनात्मक साङ्गितिक प्रस्तुति ले गर्दा बेलुका ९ बजे सुरु भएको कार्यक्रम बिहान ५ बजेसम्म उस्तै उत्साह का साथ दोंदेमुन सोल नेपाल हाउसमा चलेको थियो।
कार्य अबधी सम्पन्न भै स्वदेश प्रस्थान गर्न लाग्नु भएका कास्की परिवार का वरिष्ठ उपाध्यक्ष हरि शंकर भन्डारी ज्यु को बिदाई पनि उक्त कार्यक्रम कै क्रम मा भएको थियो।
कार्यक्रम लाइ सफल पार्न महत्त्वपूर्ण भुमिका खेल्नु हुने ब्यक्ति हरु कलाकार हरु लाई कार्यक्रम कै क्रममा सम्मान गरिएको थियो साथै कास्की परिवार लाई निरन्तर सहयोग पुर्याउनुहुने बिभिन्न महानुभावहरुलाई पनि बिशेष सम्मान प्रदान गरिएको थियो l
कार्यक्रम लाई भव्यता का साथ सम्पन्न पार्न को लागि यातायात मा तेज गुरुङ्ग खानपान मा इन्द्र बराल सास्कृतिक बिधा तर्फ दलबहादुर गुरुङ्ग प्रविधि मा सुरज गुरुङ तथा प्रचारप्रसारमा कृष्ण पुरीले पुर्याउनु भएको योगदान को स्मरण गर्दै कार्यक्रमको औपचारिक समापनको क्रममा कार्यक्रमका सभापति तथा अध्यक्ष दिल जलारी पासाले यसरी कास्की परिवारलाई माया गरी बिभिन्न संघ सस्था बाट पाल्नुहुने साथै सम्पुर्ण सहयोगी ब्यक्तिहरुलाई आभार प्रकट गर्दै निरन्तर साथ समर्थन र उपस्थित भै कार्यक्रम सफल बनाईदिनुभएकोमा सम्पूर्णलाई हार्दिक धन्यबाद र शुभकामना प्रदान गर्नुभएको थियो l

सम्बन्धित झलकहरु :
















, ,

0 comments

Write Down Your Responses

-->