कोरियामा नयाँबर्ष साँस्कृतिक साँझ हुदै

नयाँबर्ष साँस्कृतिक साँझ तथा रमाइलो दोहोरी ले तात्ने
नमस्ते नेपाल कोरिया : १०अप्रिल ,२०१८
आगामी १४ अप्रिल शनिबार साँझ -नेपाल हाउस जाऔ - नेपाली नयाँ वर्ष २०७५ बिबिध मनोरन्जनात्मक कार्यक्रम सहित भब्य रुपमा मनाऔ:
कास्की परिवार दक्षिण कोरियाले नया बर्ष २०७५ को उपलक्ष्यमा नयाँ बर्ष शुभकामना सास्कृतिक साझ २०७५  को आयोजना गर्ने भएको छ।विभिन्न उदेश्यका साथ कोरियामा रहनु भएका कास्केली दाजुभाइ दिदीबहिनीहरुमा आपसी भाइचारा अभिवृद्धि गरि सहयोग सद्भाव कायम गर्ने उदेश्य लिइ स्थापित कास्की परिवार दक्षिण कोरियाले कोरिएन तथा नेपाली पर्वहरुको समय पारि विभिन्न समयमा शुभकामना आदानप्रदान कार्यक्रम सास्कृतिक कार्यक्रम भलिबल फूटबललगाएतका खेलहरुको आयोजना गर्दै आएको छ।सोही क्रम अनुरुप नेपाली नया बर्षको अवसर पारी यहि अप्रिल १४ तारिकका दिन कोरियाको राजधानी सौलमा नया बर्ष शुभकामना सास्कृतिक साझ २०७५  को आयोजना गर्न लागेको जानकारी कास्की परिवार दक्षिण कोरिया का अध्यक्ष दिल जलारी पाशाले गराउनु भयो।कार्यक्रममा कोरियामा रहि गीत संगीत क्षेत्रमा पहिचान बनाउनु भएका स्थानीय नेपाली कलाकारहरुको बेजोड साङ्गितिक प्रस्तुतिको साथमा नेपाली खानाका स्वादिस्ट परिकारहरु समेत रहने छ।उक्त कार्यक्रममा कास्की स्थाइ घर भइ हाल नेपाली दुतावास कोरियामा श्रम कन्सुलरको रुपमा हालसालै नियुक्त हुनु भएका डिल्ली राम बास्तोलालाई कास्की परिवारका तर्फबाट स्वागत तथा सम्मान गरिने भएको छ। साथै कोरिया बसाइ अबधि समाप्त भै स्वदेश प्रस्थान गर्न लाग्नु भएका कास्की परिवारका खेलाडीहरु, कास्की परिवारका पदाधिकारीहरुलाइ समेत सम्मान तथा बिदाइ गरिने कार्यक्रम रहेको छ।नेपाली संगीत , कला, सस्कृति र नेपालीपन झल्काउदै पारिवारिक बातावरणमा बिबिध मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको उक्त कार्यक्रममा कोरियाका नेपाली स्थानीय कलाकारहरुको नृत्यहरु साथमा बिबिध प्रस्तुति रहनेछन् l आयोजकले सम्पूर्ण कार्यक्रमको पूर्ण तयारी सहित जानकारी गराउदै उक्त दिन कोरियामा रहेका विभिन्न सङ्घ संस्था/ प्रतिनिधि , पत्रकार ,बिध्यार्थी, बुद्धिजिबि लगाएत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै सुचना मार्फत उपस्थित भएर नया वर्ष भब्य रुपमा मनाउनुहुन हार्दिक निमन्त्रणा गरेको छ ।
कार्यक्रम विवरण -मिति -2018/4/14 स्थान- सौल -नेपाल हाउस (१ न.लाईन दोंग्म्यो आफ स्टेसन २ न गेट बाट सिधा २ मिनेट अगाडि)समय- बेलुका ठिक ८ बजे देखि :बिस्तृत जानकारी को लागि सम्पर्क:- दिल जलारी पाशा 01029016080 खोम प्रसाद गुरुङ 01025111124 सुरज गुरुङ 01083824343 हरि शंकर भण्डारी 01064426132 अमृत बास्तोला 01029468611 दलबहादुर गुरुङ 01080965560

, ,

0 comments

Write Down Your Responses

-->