अप्रिल १४ फेन्थेकमा नयाँबर्ष २०७५ भब्य मनाइदै

लक्ष्मण पौडेल:५ अप्रिल ,२०१८ ,फेन्थेक दक्षिण कोरिया l
आगामी १४ अप्रिल शनिबार साँझ -फेन्थेक जाऔ - नेपाली नयाँ वर्ष २०७५ बिबिध मनोरन्जनात्मक कार्यक्रम सहित भब्य रुपमा मनाऔ:
दक्षिण कोरियामा रहेका नेपालीहरू आउदै गरेको नेपाली नयाँ वर्ष २०७५ लाई बिबिध कार्यक्रम गरी स्वागत गर्ने तयारीमा रहेका छन् ।यसै क्रममा कोरियामा फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टर) नेपाली समुदायको आयोजनामा नयाँ वर्ष बिबिध सास्कृतिक मनोरंजन कार्यक्रम सहित हर्षोउल्लासका साथ् मनाउने तयारी गरेका छन्l आगामीअप्रिल १४ तारिख शनिबारका दिन नेपाली नयाँ बर्षकै अवसर पारेर नै फेन्थेक वरपरका नेपालीहरु साथै अन्य क्षेत्रका नेपालीहरुको उपस्थितिमा नयाँ वर्षको शुभकामना आदानप्रदान सहित नेपाली परिकारहरुको साथमा नया वर्ष पार्टीको प्रबन्ध पनि गरिएको सेन्टरका अध्यक्ष राजेन्द्रप्रसाद बेलबासेले बताएका छन् ।नेपाली संगीत , कला, सस्कृति र नेपालीपन झल्काउदै पारिवारिक बातावरणमा बिबिध मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको उक्त कार्यक्रममा बिगतमा झैं कोरियाका नेपाली स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछन् l आयोजकले सम्पूर्ण कार्यक्रमको तयारी सहित जानकारी गराउदै उक्त दिन कोरियामा रहेका विभिन्न सङ्घ संस्था/ प्रतिनिधि , पत्रकार ,बिध्यार्थी, बुद्धिजिबि लगाएत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै सुचना मार्फत समयमै उपस्थित भएर नया वर्ष भब्य रुपमा मनाउनुहुन हार्दिक निमन्त्रणा गरेको छ ।

कार्यक्रम सम्बन्धि विवरण सुचना :-
हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !!हार्दिक निमन्त्रणा !!! 

नेपाली नयाँ बर्ष २०७५( HAPPY NEW YEAR 🎆 🎊🎈 2075)
नेपाली नयाँ बर्ष २०७५सालको उपलक्ष्यमा यहि आउदो (april 14 )बैशाख १ गते शनिवार साँझ नयाँबर्ष शुभकामना आदानप्रदान साथै विभिन्न सास्कृतिक कार्यक्रम आयोजना गरिएको हुदा कोरियामा रहनु भएका समाजसेबी ,व्यापारी ,श्रमिक, बिद्यार्थी, पत्रकार,कलाकार लगायत सम्पुर्ण नेपालीहरु समयमा उपस्थित भएर कार्यक्रम को शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रम :-नयाँ बर्ष २०७५को शुभकामना आदान प्रदान विभिन्न सास्कृतिक कार्यक्रम एवं नेपाली भोजन ।। कार्यक्रम हुने स्थान :-फेन्तेक माइग्रेन्ट सेन्टर को हल (फेन्तेक यकबाट ५०० मि.भित्र अथवा उरि बैंक को ठिक अघाडी)
मिति :-April 14 2018 (बैशाख १ २०७५)शनिवार समय :-साँझ ५ बजे देखि १० बजे सम्म आयोजक :- फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र नेपाली समिती
थप जानाकारिका लागि :-
राजेन्द्र बेल्वासे (अध्यक्ष ) 01063942014,
लक्ष्मण पौडेल (सचिब)01058349514
बिशाल थापा कोषाध्यक्ष 010-5946-1415‬





,

0 comments

Write Down Your Responses

-->