कोरियाको हान नदी पार्कमा भब्य होली खेलिने

भव श्वी : बोम्जन : ,३ मार्च दक्षिण कोरिया l
पाँच 'स' द्वारा भारतीय समाजको संयुक्त आयोजनामा
"होली बिशेष-२०७४ बृहत कार्यक्रम " भव्यताकासाथ् मनाउने:

दक्षिण कोरियामा विभिन्न उद्देश्यले प्रसारित नेपालीहरूको माझमा नेपालको मौलिक संस्कार, संस्कृति, भेषभुषा, पराम्परा, ईतिहासको साथै साहित्य, संगीत र योग साधनाको जागरण तथा संरक्षण हेतु एक मात्र विशुद्द आध्यात्मिक संगठनको रूपमा स्थापित सनातन साहित्य संगीत साधना समूह पाँच स ले आफ्नो प्रारम्भकालदेखि नै नितान्त बेग्लै परिचय बनाई आईरहेको छ।
"अनेकतामा एकता नेपालको विशेषता”, भन्ने मुल मन्त्रलाई आत्मासात गर्दै परदेशमा रहेर पनि सम्पूर्ण नेपालीहरूको साझा देशभक्त मनहरूलाई अद्वेत एकताको केन्द्रमा संगठित गर्ने महत्वकांक्षी विचारधाराले संचालित यस पाँच-स ले सदैव नेपालीहरूको आध्यात्मिक र भौतिक सुख, शान्ति एवम् शाश्वत मोक्ष र निर्वाण प्राप्तिका लागि विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरू पनि आयोजना गर्दै आईरहेको छ।

यस्तै कार्यक्रमहरूलाई निरन्तरता दिने क्रममा भरखरै नेपालमा सम्पन्न राष्ट्रिय चाड फागु पूर्णिमा-होली पर्व २०७४ लाई समय अभाव, कार्यब्यस्तता र चिसो मौसमका कारणले ढिलै भएपनि यही आउँदो अप्रिल १ तारीख आईतबारका दिन द. कोरियामा रहेको भारतीय समाजको संयुक्त आयोजनामा होली पर्व २०७४ मनाउन सम्पूर्ण तयारी पुरा गरिसकिएको छ । होली पर्वले आफ्नै विशेष पौराणिक, ऐतिहासिक तथा सामाजिक महत्वहरूको लामो कथा बोकेको छ।साथै आजको दिनमा आएर वैचारिक मिलन, मित्रता, प्रेम र सामाजिक एकताको सन्देश एवम् जीवनको रंगीन तस्वीरको रूपमा अविस्मरणीय क्षणहरूलाई संगाल्ने एक रमाईलो पर्व बनेको छ।

होलीमा प्रयोग गरिने धेरै थरिका रंगहरू जीवनको अनेकौँ भिन्न भिन्न भोगाई, परिश्रम, त्याग, तपस्या र आशाहरूको प्रतिकको रूपमा लिइन्छ । विशेषत: नेपाल र भारतमा धेरै पहिलेदेखि नै मानवीय साँस्कृतिक सभ्यताको खोजमा होली पर्वलाई आम जनमानसको जीवनशैली थप रोमांचक र सद्भावपूर्ण बनाएर सामाजिक एकतालाई मजबुद पार्न विशेष सुत्रको रूपमा लिई हर्षोल्लासका साथ मनाउँदै आईरहेको पाईन्छ। यसरी देश-परदेश जहाँ रहेपनि हाम्रो साँस्कृतिक चाडपर्वहरूलाई जीवन्त राख्ने र एकआपसमा सहयोग र सद्भावको भावनालाई जागृत गराएर मैत्रिय वातावरण बनाउने उद्देश्यकासाथ संयुक्त रूपमा यो कार्यक्रम आयोजना गरिएको पाच "स"का अध्यक्ष यम सापकोटाले बताएका छन्।

उक्त संयुक्त होली कार्यक्रम २०७४ लाई सभ्य र भव्यताकासाथ सम्पन्न पारिदिनुहुन र कार्यक्रमको भरपुर मनोरंजन लिनुहुन सम्पूर्ण नेपाली मनहरूलाई हार्दिक शुभकामना सहित निमन्त्रणाका साथै कार्यक्रमको विस्तृत विवरण तल दिईएको छ ।

होली २०७४ कार्यक्रम बिस्तृत विवरण :


*कार्यक्रमको Main Theme ,”LIFE IS BEAUTIFUL, LET’S MAKE IT COLOURFUL.” हुनेछ।

१. कार्यक्रम सन् २०१८ अप्रिल १ तारिख आईतबारको दिन हुनेछ।

२. कार्यक्रम विहान १०:०० बजेदेखि ३:०० बजेसम्म हुनेछ।

३. कार्यक्रम स्थल सउल मेट्रो ४ नं. लाईनको 이촌 स्टेशनमा ओर्लेर Exit No. ४ बाट ५०० मि. अगाडी हान नदिको किनारमा रहेको पार्कमा हुनेछ।

४. कार्यक्रममा सहभागी हुन ईच्छुक व्यक्ति वा समूहले अनिवार्य रूपमा
www.tinyurl.com/iikholi2018
मा गई नाम दर्ता गर्नुपर्नेछ र दिईएको बैंक खातामा प्रवेश शुल्क वापतको रकम जम्मा गर्नुपर्नेछ। वा
* अन्यथा कार्यक्रममा समावेश असमर्थ हुनेछ।

५. प्रवेश शुल्क १४,००० ₩ मात्र लाग्नेछ जस अन्तर्गत १०० ग्राम रंगको प्याकेट, होलीको टोपी र शुद्द भेज खाना मिठाई सहित उपलब्ध हुनेछ।

६. ५ वर्षभन्दा मुनिका बच्चाहरूलाई प्रवेश निशुल्क रहनेछ।

७. होली कार्यक्रममा सहभागीहरूले अनिवार्य रूपमा सेतो टिसर्ट लगाउनु पर्नेछ।

८. मध्यपान र धुम्रपान शक्त मनाही गरिएको छ।

९. होलीमा प्रयोग गरिने रंग Natural & Eco-friendly भएकोले पानीसंग प्रयोग गर्न मनाही गरिएको छ।

१०. नेपाली~भारतीय गीत संगीतका साथमा मनोरंजन तथा विभिन्न रमाइला खेलहरू पनि खेलाइनेछ।

* अन्य केही जिज्ञासा, सल्लाह, सुझाव र सहयोग भए तल दिइएको नं. हरूमा सम्पर्क गर्न सक्नुहुनेछ।

* ०१०२४७११४३७ (भव:श्वी)
* ०१०६७१३२४४० (यम सापकोटा)


* ०१०७४७४०३८३ (द्वारका)



,

0 comments

Write Down Your Responses

-->