कोरियामा श्री स्वस्थानीको साँगे हुने

भव श्वी बोम्जन ,३० जनवरी २०१८ l
कोरियामा श्री स्वस्थानी ब्रत कथाको समापन अर्थात साँगे हुने भएको छ । सनातन साहित्य संगीत साधना समूह पाँच सको आयोजनामा श्री स्वस्थानी ब्रत कथाको साँगे कार्यक्रम हुन लागेको हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । आयोजक पाँच सले उक्त धार्मिक कार्यक्रममा सहभागी भएर आध्यात्मिक लाभ लिनुहुन कोरियामा रहेका सम्पुर्ण नेपालीहरुमा हार्दिक निमन्त्रणा गरेको छ l
सनातन साहित्य संगीत साधना समूह पाँच सको निमन्त्रा :-
विभिन्न उद्देश्यले आफ्नो देशबाट बाहिर बसेर पनि आफ्नो देशको धर्म, कला, संस्कृति, रीतिरिवाज, परम्परा, चालचलन, भाषा, भेष-भुषा लगायतका राष्ट्रियताबाट विमुख हुन नपरोस् र नेपाली-नेपाली बिच जहाँ जसरी रहिआएपनि एकआपसमा सहृदयता कायम राख्दै सहिष्णु वैश्विक समाज निर्माणमा दृढ आत्मा विश्वास र अठोट लिएर अभियान निरन्तर चलिरहेको कुरा सर्वप्रथम अवगत गराउन चाहान्छौँ।
कोरियामा आर्थिक उपार्जनका निमित्त हजारौँ नेपालीहरूको पसिना र रगत सिँचित भएको छ। दैनन्दिन व्यस्त समयका बावजुद समय व्यवस्थापन गर्न नसकेर या गर्न नजानेर नेपालीहरूले प्रवासमा रहेर दु:ख पिडा र दर्दको पराकष्ट भोग्नु परेको छ। भौतिक उन्नति गर्दै गएपनि नेपालीहरूमा आध्यात्मिक शान्तिको अभावले मानसिक तनावमा परेका अनेकौँ उदाहरणहरू यथावतै छन्। नेपाल जस्तो पवित्र तपोभूमिमा जन्मेर पनि भौतिक सुखका लागि जसरी मृगले आफ्नै नाबीको सुगन्ध खोज्न भौंतारिरहन्छन् त्यसरी नै बाहिर-बाहिर भौंतारिरहनु परेको छ।
हाम्रो अभियानले नै एउटा अठोट गरिसकेको छ कि अब उपरान्त कोरियाबासी नेपालीहरूलाई गोलबद्ध गरेर भौतिक प्रगतिसँगै आध्यात्मिक जागरण गराएर योग, साधना, ध्यान तथा अन्य सृजनशीलता बढाएर तनको स्वास्थ्य, मनको शान्ति स्थापनार्थ यो सनातनी यात्रा प्रारम्भ गरिसकेका छौँ। यो नेपालीहरूको साझा बाटो हो, यहाँ सबैलाई समभावले स्वागत गर्दै जानेछौँ।
वसुधैव_कुटुम्बकम्_सर्वे_भवन्तु_सुखिनः_सर्वे_सन्तु_निरामया ।
सर्वे_भद्राणि_पश्यन्तु_मा_कश्चित्_दुःखभाग्_भवेत् ।।
अत: हाम्रो कार्यक्रमलाई आफ्नै सम्झि भव्य, सभ्य र उल्लासपूर्ण वातावरणमा सम्पन्न पार्न तपाइहरुको उपस्थिति महत्वपूर्ण रहनेछ।
कार्यक्रम विवरण
मिति:- ०४ फेव्रुअरी २०१८ सन्
समय:- ११:०० बजेदेखि पूजारम्भ
स्थान:- Mt. Everest Restaurant Hall
सुवन स्टेशन, Exit No. 12
सम्पर्क:- ०१०६७१३२४४० (यम सापकोटा)
०१०२४७११४३७ (भव:श्वी बोम्जन)
०१०५९४४६९२७ (पं. महेश कोईराला)
Updated By- MemoryKrishnaPuri@Korea:news code-https://www.blogger.com/blogger.g?blogID=7532784036583779858#editor/target=post;postID=1898397154627064813

,

0 comments

Write Down Your Responses

-->