कोरियामा पृथ्वी-जयन्तीको स्मरणमा राष्ट्रिय एकता दिवस भव्य मनाईने

भव श्वी बोम्जन :११ जनवरी २०१८,कोरिया अनेकतामा एकता नेपालको बिशेषता भन्ने भावनालाई जागृत गर्दै स्वदेशदेखि परदेशसम्म विभिन्न उद्धेश्यले छरिएर बस्दै आएका सम्पूर्ण नेपालीमनहरूलाई देशभक्तिको एउटै मालामा गाँसेर राष्ट्रिय एकताको एउटै छानामुनि चन्द्र र सूर्य अंकित ध्वजा हातमा लिई एकसाथ उभिएर एकै स्वरमा सारा जगत नै गुन्जयमान बनाउने मन छ।
नेपाल एक बहुजातिय, बहुभाषिक र बहुसाँस्कृतिक सम्प्रदायहरूको बसोवास गर्ने एक साझा संगमस्थल हो जहाँ सामाजिक तथा धार्मिक सहिष्णुता र एकआपसमा रहेको सम्मान, सहयोग एवम् मैत्रीय सम्बन्धले गर्दा विश्वमै एक मात्र सुन्दर सभ्यता र सद्भावले सुसजित राष्ट्रको रूपमा परिचित बनाउने उदाहरणहरू धेरै पाईन्छन्।यसको भौगोलिक एकिकरण गर्दै ४ वर्ण ३६ जातको साझा फूलबारीको रूपमा निर्माण गर्ने राष्ट्र निर्माता बडा महाराजधिराज पृथ्वी नारायण शाह नै हुन् भन्ने कुरामा कुनै दुई मत छैन।उनको यही ऐतिहासिक योगदानमा एक अमूल्य सहयोग र प्रेरणा दिई राष्ट्रिय एकिकरणलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका सहयोगी विसे नगर्चीलाई पनि त्यति नै महत्वकासाथ स्मरण गरिन्छ।
वर्तमान परिपेक्षमा विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक तत्वहरूको प्रत्यक्ष-अप्रत्यक्ष प्रभावमा पारेर हामी नेपालीहरूबिचको त्यो सद्भावलाई जातिगत, क्षेत्रगत एवम् अन्य विभाजनको सूत्रहरू प्रयोग गरेर हाम्रो मौलिक पहिचानलाई खोस्ने कामहरू भईरहेका छन् जसको कारणले आज हामी त्यही साझा फूलबारीभित्र एकआपसमा अदृश्य द्वन्दको जालमा बुनिरहेका छौँ।
यही अदृश्य द्वन्दको जाललाई आध्यात्मिक शान्ति र राष्ट्रिय एकताको सूत्रले चिर्दै हाम्रो सहिष्णु भावलाई पूनर्जागृत गराउने महान् अभियानको थालनीको रूपमा परदेशी भूमिमा रहेर पनि वयम राष्ट्रे जागृयाम को साझा उद्देश्य बोकी स्थापित एक मात्र विशुद्द आध्यात्मिक संगठन सनातन साहित्य संगीत साधना समूह पाँच "स" दक्षिण कोरियाद्वारा पूस २७ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर सम्झनामा कोरियामा बिदाको दिन पारेर आउँदो जनवरी १४/२०१८ आईतबारको दिन सोलस्थित नेपाल हाउसमा पृथ्वी जयन्ती विसे नगर्ची स्मरण तथा राष्ट्रिय एकता दिवस २०७४ को भव्य आयोजना गर्दैछ।
सोही उपलक्ष्यमा दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण कर्मनिष्ठ, धर्मनिष्ठ र देशभक्त नेपालीमनहरूलाई उत्साहपूर्ण गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरीएको छ ।


,

0 comments

Write Down Your Responses

-->