हिन्दू जागरण अभियानमा यम सापकोटा चयन : पांच 'स'को भावानामा बढ्ने

हिन्दू जागरण अभियान दक्षिण कोरियाको दोश्रो अधिबेशन सम्पन्न सनातन साहित्य संगीत साधना समुह "पाँच~स"को भावनामा बढ्दै:-

कृष्ण पुरी :२५ डिसेम्बर ,दक्षिण कोरिया l
संसारभर विभिन्न उद्धेश्यले प्रसारित नेपालीहरुको आफ्नो मौलिक संस्कृति संरक्षणार्थ स्थापना भएको आध्यात्मिक संगठन हिन्दू जागरण अभियान अन्तर्गत हिन्दू जागरण अभियान दक्षिण कोरियाको दोश्रो महाधिवेशन गत आईतबार डिसेम्बर २४ का दिन सोलमा बृहत साँस्कृतिक तथा धार्मिक कार्यक्रम गरी सम्पन्न भएको छ l नेपालीहरुलाई व्यापक जागरण गराउने सचेतना गर्ने र एकतामा जोड्ने,सहिष्णु समाज निर्माणमा सबै नेपालीहरु जोड्ने र प्रबाशमा मानसिक बिचलन बाट बचाउन एकआपसमा सदभावना बढाउन योग ,ध्यान र संगीत -साधनाको उदेश्य अनुरुप बिकास गर्ने लक्ष्य रहेको छ l
नेपालीहरुमा एकता,सत्संग र सहिष्णुता संचार गर्दै आइरहेको हिन्दू जागरण कोरीयाले प्रवासमा नेपालीहरूले आफ्नो मौलिक पहिचान गुमाउन नपरोस भन्ने भावनाबाट प्रेरीत भई बिबिध आध्यात्मिक,सांस्कृतिक कार्यक्रमहरूबाट सत्संगको बिकास पनि गर्दै आइरहेको छ l
नि बर्तमान अध्यक्ष अमृत बास्तोला समिति कार्यकाल समाप्ति सगै पुर्ब अध्यक्ष यम सापकोटा को पुन अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै अझैँ शसक्त र प्रभावकारी रुपमा सनातन साहित्य संगीत साधनाको माध्यमबाट धर्म , सस्कार र सत्कर्म लाई जोड दिदै योग,सत्संग ,साधनाको गतिविधिलाई तिव्रता दिर्नै निर्णय भएको हो । कार्यक्रममा एन आर एन अध्यक्ष लक्ष्मी गुरुङको प्रमुख आतिथ्यमा एन सिसि अध्यक्ष अन्जु केसी लगाएत बिभिन्न धार्मिक गुरुहरु, संघ सस्थाका प्रतिनिधिहरु, साथसाथै धार्मिक आस्थावान ,बुद्धिजीवी नेपाली दाजूभाई-दिदीबहिनीहरुको उल्लेख्य उपस्थितिमा वक्ताहरुले नेपालीहरुको मौलिक धर्म,सस्कार र पहिचानलाई सरक्षण गरी सबैमाझ मूल्य ,मान्यता र सदभावना जुटाउदै सहिष्णुता बिकासमा अगाडी बढाउन महत्वपूर्ण शुभकामना र प्रबचनहरु व्यक्त भएका थिए l
फोटो फिचरहरु :-

0 comments

Write Down Your Responses

-->