कोरियामा गम्भीर मान श्रेष्ठले पाए मानार्थ नागरिकको सम्मान

-रमेश खावाजु -
कोरियन रेडियो ,टिभी र फिल्ममा छाइरहने नेपाली  संचारकर्मी ,कलाकार  तथा ब्यबसायी  गम्भीरमान श्रेष्ठले यस बर्ष पनि मानार्थ नागरिकको सम्मान पाएका छन।

नोवेम्बर २९ तारिखका दिन  सउल  महानगरपालिकाका मेयर पार्क वोन सुनले सउलको सेजोङ्ग हलमा आयोजित एक कार्यक्रममा गम्भीरमान श्रेष्ठलाई " सउल  अनररी सिटिजन्ससिप '' को सम्मान प्रदान गरेका थिए | कार्यक्रममा नेपालका तर्फबाट कार्यबाहक राजदुत किरण शाक्य, पूर्ब मानार्थ नागरिकको पदबाट सम्मानित ब्यक्तित्व केपी सिटौला र भीम गुरुङ्ग लगाएतका ब्यक्तित्वहरु सहभागी भएका थिए |

सउल महानगरपालिकाले कोरियामा कार्यरत बिदेशी नागरिकहरुलाई  हरेक बर्ष कोरियाका लागी  ,कला ,संस्कृति  , सामाजिक ,आर्थीक तथा पर्यटन प्रबर्धन  लगाएतका क्षेत्रमा बिशेष योगदान दिए बापत मानार्थ नागरिकको सम्मान प्रदान गर्ने गरिन्छ l यस बर्ष बिभिन्न देशका १३ नागरिकहरुलाई उक्त सम्मान प्रदान गरेको थियो l हाल सम्म मानार्थ नागरिकको सम्मान पाउने नेपालीहरुमा केपि सिटौला,तेन्जी शेर्पा,राजु क्षेत्री,जुनु गुरुङ्ग, भीम गुरुङ्ग र गम्भीरमान श्रेष्ठ रहेका छन्।



को हुन गम्भीर मान श्रेष्ठ ?

नेपालमा सानैदेखि कलाकारितामा लागेका टोखा निवासी गम्भीरमान श्रेष्ठले नेपाली फिल्ममा हिरो हुने सपना पाल्दै आफ्नो सोख पछ्याउँदै मोडेल बनेर र्‍याम्पमा पनि उक्लेका थिए | नेपाली कला क्षेत्रमा करिअर बनाउने चाहना भए पनि श्रेष्ठ उच्च शिक्षाका लागि कोरिया सन् २००१   मा कोरिया प्रवेश गरेका थिए |

आफ्नो कलाकारिताको चाहनालाई  नेपालमा मात्र सिमित नराखी कोरियामा अध्ययन गर्दा गर्दै पनि  विभिन्न  कोरियन  अरिराङ,एमबिसी , केबिएस  टीभी र  बिभिन्न  रेडियोहरुमा अभिनय तथा  कार्यक्रमहरु चलाउन थालेका थिए |    सन् २००१ मा  कोरियाको चर्चित टेलिभिजन एसबिएसको  मोर्निङ वाइदु कार्यक्रममा  नेपाली भेषभुषा, संस्कृति र खानाको प्रचार समेत गरेका थिए । त्यस्तै अरिराङ टेलिभिजनमा लेट्स स्पीक कोरियन कार्यक्रम ( २००३–२००४), एमविसी, केबिएस, इबिएस टेलिभिजनमा पनि नेपाली र कोरियन कल्चर प्रवद्र्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने गरेका थिए ।

कोरियन फिल्ममा भने गम्भीरमानले सन् २०१० मा मजदुर नेताको भूमिकामा कोरियामा रहेका प्रवासी मजदुरहरूको दुःखकष्टलाई समेटेर बनाइएको फिल्म 'फान्गा फान्गा' नामक फिल्ममा पहिलोपटक अभिनय गर्ने मौका पाएका थिए । त्यसपछि फिल्म 'बनाना सेक' ,सन् २०११ मा  'सिसानामा' ,२०१३ मा नेपालको काठमाडौ, अन्नपूर्ण बेसक्याम्प र पोखरामा खिचिएको टीभी ड्रामा 'नाइन' मा  शेर्पाको भूमिकामा अभिनय गरेका थिए | नेपालको पर्वतारोहणमाथि बनेको चर्चित कोरियन फिल्म हिमालयमा पनि अभिनय गरेका थिए | 'दुङगुक विश्वविद्यालयबाट कोरियन इतिहासमा स्नातकोत्तर गरेका श्रेष्ठले कोरियाको राजधानी सउलको पर्यटकीय क्षेत्र होङदेमा नेपाली रेस्टुरेन्ट '' यति '' संचालन गरिरहेका छन् | कोरियन नागरिकसीत बिबाह गरेका कलाकार तथा ब्यबसायी  गम्भीरमानले कडा मिहिनेतले आफुले कोरियामा यो स्थान प्राप्त गरेको बताए  |




,

0 comments

Write Down Your Responses

-->