हिन्दू जागरण अभियान कोरियाको अधिबेशन डिसेम्बर २४ मा हुदै

हिन्दू जागरण अभियान दक्षिण कोरियाको दोश्रो अधिवेशन सम्बन्धि सूचना :

संसारभर विभिन्न उद्धेश्यले प्रसारित नेपालीहरुको आफ्नो मौलिक संस्कृति संरक्षणार्थ स्थापना भएको आध्यात्मिक संगठन हिन्दू जागरण अभियान अन्तर्गत हिन्दू जागरण अभियान दक्षिण कोरियाको दोश्रो अधिवेशन नजिकिँदै गईरहेको छ । यो लगत्तै कोरियामा नेपालीहरुले `सनातन साहित्य संगित साधना समूह´ नयाँ कार्यसमिती नयाँ उर्जाका साथ पाउनेछन् । नेपालीहरुले गर्व गर्ने संस्थाको रुपमा विकसित गराउन आम नेपालीहरुको प्रत्यक्ष सहभागिताको विकल्प छैन । विविधतापूर्ण नेपाली समाजलाई एकिकृत गर्ने सेतुको निर्विकल्प संस्था हो हिन्दू जागरण अभियान दक्षिण कोरिया । हिन्दू शब्द आँफैमा एकात्मक होईन । यसमा विविधताको संरक्षण र सम्मान तथा सहिष्णुता सम्मिश्रित छ । न एउटा ग्रन्थ छ न एउटै ईश्वरको साकार रुपलाई आस्था मानिन्छ । अस्तित्व प्रेम सिकाउने आध्यात्मिक र धार्मिक संस्था हो हिन्दू जागरण । परिवन्दको संकुचनलाई स्विकार नगर्ने र सर्वमान्य सर्वकल्याणमा केन्द्रित हाम्रो नेपाली मौलिकपननै हो हिन्दूत्व । न जातिको संकुचन छ न सम्प्रदायको,न आस्तिकताको परिवन्द छ न नास्तिकता अस्विकार्य छ । यसर्थ नविनतालाई स्वीकार्ने र प्रवर्धन गर्ने अनि उदारता अथवा स्वतन्त्रताको लागि विश्वलाई अभिप्रेरणा दिने हाम्रो सांगठनिक संरचना छ । नेपालीहरुलाई व्यापक जागरण गराउने सचेतना गर्ने र एकतामा जोड्ने,सहिष्णु समाज निर्माणमा सबै नेपालीहरु जोडिनुहुन यो आह्वान गरिन्छ । दोश्रो अधिवेशन सफल बनाउन निम्न मिति र स्थानमा उल्लेख्य सहभागिता जनाउनुहुन सविनम्र यो सूचना सम्प्रेषण गरिन्छ ।
कार्यक्रम विवरण :
मिति : २०१७ डिसेम्बर २४ आइतबार
समय : ११ बजे बिहान
स्थान : नेपाल हाउस हल,सउल l

,

0 comments

Write Down Your Responses

-->