"दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन,निरोगी बनाउन सक्ने '' - कोरियन गुरु ह्वे जङ

रमेश खावाजु ,काठमाडौं-
 मंसिर २ सनिबार टेकुस्थित गते प्रज्ञा ध्यान केन्द्रले आफ्नो  दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रेरणादायी  धर्म देशना कार्यक्रम सफलताका साथ सम्पन्न गरेका छन |

काठमाडौं महानगरका मेयर बिध्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा मेयर शाक्यले मानब सेवा नै सबभन्दा  ठुलो धर्म रहेको बताए | त्यस्तै मेयर शाक्यले मरिसकेपछि सम्मान गर्ने परम्परा त्यागेर जिउंदैमा असहाय ,गरिब ,दुखीहरुहरुको सेवा गर्नुपर्ने पुन दोर्हाए | कार्यक्रममा दक्षिण कोरियाबाट नेपाल आउनु भएका  बज्रयान सम्प्रदाय जिन्गाक बौद्ध संघका संघनायक गुरु ह्वे जङले प्रेरणादायी  आत्म बृतान्त तथा  उपदेश दिएका थिए |कोरियामा करिब ५० बर्ष ध्यान गरेका गुरु ह्वे जङले दान र ध्यानको माध्यमले मात्र गरिबी ,निरोगी र मानबिय सम्बन्ध प्रगाढ बनाउन सक्ने आफ्नो धारणा बताए  |

टेकुको सासा ब्यान्केटमा करिब १४०० जना सहभागी रहेको कार्यक्रममा  प्रज्ञा ध्यान केन्द्रका सचिब  रेणु बज्राचार्य शाक्यले संस्थाको बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए | दक्षिण कोरियामा बौद्ध धर्म सम्बधी बिद्द्याबारिधी गरेका   संस्थाका  अध्यक्ष गुरु डा. नबिन बज्राचार्यले कार्यक्रममा सहभागीहरु प्रति धन्यबाद ज्ञापन गर्दै ध्यानले स्मरण क्षमता बृदी, मानसिक तनाब हटाइ शरीरमा उर्जा प्रदान गर्ने बताए |अध्यक्ष बज्राचार्यले प्रज्ञा ध्यान केन्द्रले ध्यानको महत्व दर्शाई  समाजको आर्थिक ,सामाजिक शारीरिक र मानसिक विकासका लागि निरन्तर रुपमा ध्यान प्रदान गर्ने प्रतिज्ञता ब्यक्त गरे |


,

0 comments

Write Down Your Responses

-->