कोरियन राजदूतद्वारा एस वाई मोडल हाउसको अवलोकन

-रमेश खावाजु ,काठमाडौं - 
 नेपालका लागि कोरियन राजदुत पार्क योङ्ग सिकले महाराजगंजस्थित  नवनिर्मित कोरियन कम्पनि एस वाई प्यानल नेपालको मोडल हाउसको अवलोकन गरेका छन् |


एस वाई प्यानल नेपालका प्रबन्ध निर्देशक जोङ सियोक पार्कले  मंगलबार साढे दुइ बजे एस वाइको मोडल हाउसमा पुग्नु भएका कोरियन  राजदुत सिकलाई स्वागत गरेका थिए |  एस वाई प्यानल नेपालका प्रबन्ध निर्देशक पार्कसित छलफलको क्रममा  राजदुत सिकले बिदेशी लगानीको लागि नेपालको कानुनमा केहि समस्या भए पनि कोरियाको उद्योगहरु नेपालमा प्रवेश गरेर कोरियाको छबि राम्रो बनाउनु पर्ने धारणा राखेका थिए |
राजदुत सिकले  भुकम्प प्रतिरोधी भवन निर्माण लागि  बिश्वकै उत्कृष्ट प्यानल उत्पादन गर्ने एस वाई  कम्पनीका बिभिन्न सामाग्रीहरु अवलोकन गरेका थिए |

सन् १९९४ मा  दक्षिण कोरियामा स्थापना भएको एस वाई प्यानल कम्पनी आज बिश्वको १९ देशमा फैलिएका छन् | उक्त कम्पनि भवन निर्माणको लागि आवश्यक प्यानल उत्पादनमा एसियाको पहिलो तथा विश्वको दोश्रो ठुलो  कम्पनी हो |  नेपालमा २०७२ सालको महाभूकम्प पश्चात भुकम्प प्रतिरोधी भवन निर्माणमा तिब्र बृदिका कारण हालै  एस वाई प्यानल नेपाल को स्थापना गरि असोज २५ गते उद्योगमन्त्री सुनिल कुमार थापाले    महाराजगंजमा मोडल हाउसको उद्घाटन  गरेका छन् |  त्यस्तै असोज २६ गते चितवनको रत्ननगरमा प्यानल निर्माणको लागि  कारखानाको शिलान्यास गरेका छन  |  एस वाई नेपालका प्रबन्ध निर्देशक पार्कले चितवनको कारखानामा  नेपाल  लगायत दक्षिण एशियामा आवश्यक  पर्ने स्याण्डविच प्यानल ,यु पिभिसी  झ्याल , स्टिल ढोका लगायत अन्य निर्माण सामग्री उत्पादन गर्ने  बताए |


,

0 comments

Write Down Your Responses

-->