पाँचथर बाढीपिडितलाई पाँचथर समाज कोरीयाबाट सहयोग


पाँचथर बाढीपिडितलाई पाँचथर सेवा समाज दक्षिण कोरीयाले सहयोग वितरण
नमस्ते नेपाल कोरिया सम्बादाता
२२ अक्टोबर,२०१७ ,कोरिया l

पाँचथर फालेलुङ गाऊँ पालिकामा गएको भिषण वाढी पहिरो पिढित परिवार लाई पाँचथर सेवा समाज दक्षिण कोरीयाले राहत वितरण गरेको छ।फालेलुङका १,२ र ३ वडाहरू पहिरोबाट प्रभावितहरुको पिडित जम्मा १५५ घर विस्थापितहरुलाई सहयोग प्रदान गरिएको सो समाजका सल्लाहकार भिमराज चेम्जोंगले बताउनुभएको छ l पहिरो वाट मृत्यु भएका परिवार लाई "क" र पहिरो वाट विस्थापित लाई "ख" श्रेणि छुट्याईएको समाजका कोषाध्यक्ष युगल जवेगु ले वताए l वाढीले २ घर परिवार सहित धेरै लाई वगाएको थियो l ३ जनाको सव भेटिए पनि वाकि सव भेटाउन नसकिएको र राहत वितरण १ न:वडामा २० घर र २/३ वडा मा ४५ घर लाई वाडीएको समाजका अध्यक्ष कुसुम वास्कोटा ले जानकारी दिनुभएको छ l




,

0 comments

Write Down Your Responses

-->