कोरियाको फेन्थेकमा नयाबर्षको उल्लासमय स्वागत

फेन्थेकमा नया वर्ष बिबिध मनोरन्जन  तथा   शुभकामना आदानप्रदान सहित सम्पन्न ]

लक्ष्मण पौडेल 

दक्षिण कोरिया 
१७  अप्रिल ,२०१८  l
प्यान्थेक - दक्षिण कोरियामा रहेका नेपालीहरूले नेपाली नयाँ वर्ष २०७५  लाई बिबिध कार्यक्रम गरी स्वागत गरेका छन् । कोरियामा फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (फेन्थेक माईग्रेन्ट सेन्टर) नेपाली समुदायको आयोजनामा नयाँ वर्ष बिबिध सास्कृतिक मनोरंजन कार्यक्रम सहित हर्षोउल्लासका साथ् मनाइएको छ |
गत अप्रिल १४  तारिख शनिबार साँझ  नयाँ बर्षकै दिन पारेर  फेन्थेक वरपरका नेपालीहरु साथै केहि अन्य क्षेत्रका नेपालीहरुको उपस्थितिमा नयाँ वर्षको शुभकामना आदानप्रदान सहित नेपाली संगीत , कला, सस्कृति र नेपाली पहिचान झल्काउदै बिबिध मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम गरी मनाइएको हो l कार्यक्रममा नेपालीहरु स्थानीय नेपाली कलाकारहरुको प्रस्तुति सगै नेपाली परिकारहरुको भोजनमा रमाएका थिए lनेपाली लोक गीत , पप, र्याप ,हिन्दि गीत संगीतमा नेपालीहरु एकल तथा सामुहिक प्रस्तुतिहरुका बीच रमेका थिए l
उक्त कार्यक्रम अवसरमा नेपालमा संचालित साक्षरता तथा सहयोग अभियान अन्तर्गत स्थापित नेको ह्यापी ड्रिम सस्था लाई फेन्थेक नेपाली समितीको तर्फबाट ६ लाख वोन ( झन्डै ६० हजार रुपैया )पनि प्रदान गरिएको जानकारी गराईएको थियो l
सस्थाका सचिब लक्ष्मण पौडेल द्वारा कार्यक्रम संचालनमा बढ्दै कोषाध्यक्ष बिशाल थापा द्वारा स्वागत मन्तब्य ,  प्रमुख अतिथि सस्थापक किम वु यङ्ग, बिशेष अतिथि  समाजसेवी ,ब्यबसायी अम्बिका डिसी पार्क ,पुर्ब  अध्यक्ष कृष्ण पुरी, एमटियु सचिब मधु सुधन ओझा लगाएतले  शुभकामना आदानप्रदान सहित कोरियाली बसाईको हितमा  सुझावहरु प्रदान गरेका थिए l औपचारिक कार्यक्रममा  प्रकाश न्यौपाने द्वारा संदेशमुलक गीत ,कथा  र हास्यव्यंग्यले रौनकता छाएको थियो l  सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति रहनुभएका राजेन्द्रप्रसाद बेलबासेले नव बर्षको शुभकामना सहित उपस्थित रहेर कार्यक्रम सफल र भब्य रुपमा मनोरंजनपूर्ण बनाइदिनु भएकोमा सम्पूर्ण नेपालीहरुमा आभार प्रकट गर्दै आगामी दिनमा पनि यसरी  साथ् दिनुहुन पनि आह्वान गरेका  छन  l                                  

                                                [   सम्बन्धित तस्बिरहरु  ]

                                                   (नमस्ते नेपाल कोरिया )







,

0 comments

Write Down Your Responses

-->