कोरियामा मे ६ मा मुक्तक गुन्जदै

नमस्ते नेपाल कोरिया l २८ अप्रिल २०१८ कोरिया l
अन्तराष्टिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले मे ६ तारिखका दिन मुक्तक मेला आयोजना गर्ने भएको छ ।
कोरियामा रही मुक्तकमा कलम चलाउने उत्कृष्ट ६ मुक्तककारलाई मेलामा प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ । अनेसास काेरिया च्याप्टरले श्रृङखलाबद्ध रुपमा संचालन गर्दै आएको ‘काव्य-सुधा’को छैठौँ श्रृङखलाको रूपमा मुक्तक मेलाको आयोजना हुन लागेको च्याप्टरका अध्यक्ष प्रमाेद सारंगले बताउनुभयाे ।
दक्षिण काेरियाकाे राजधानी साैलकाे दाेङ्देमुन संक्वाक पार्कमा संचालन गरिने मेलामा छ मुक्तककारको विशेष प्रस्तुति रहनेछ भने त्यहाँ उपस्थित सबै सर्जकहरूद्वारा रचनावाचन समेत हुनेछ ।


मुक्तक मेलामा मुक्तककारहरू विष्णु वाग्ले, रुद्र कँडेल, डी आर न्यौपाने “सुर्य” संजय घिमिरे, लोकराज न्यौपाने र कमल बाछिटेले आफ्ना मुक्तकहरू वाचन गर्नेछन् । काव्य-सुधाका विगतका शृङ्खलाहरूमा जस्तै यसपटक पनि उपस्थित दर्शकहरूले दमदार मुक्तकहरूको स्वाद लिन पाउने आयोजकको दाबी छ । च्याप्टरले यसअघि कविता र गजलका दुई/दुई र मुक्तकको एक श्रृङखला गरिसकेकाे छ ।

,

0 comments

Write Down Your Responses

-->