वर्ल्ड पिपुल्स डे को अवसरमा फेन्थेकमा मे २७ तारिक "एसियन महोत्सब" हुदैँ

लक्ष्मण पौडेल ,दक्षिण कोरिया ,९ मे, २०१८ l
विश्व जन दिवस (वर्ल्ड पिपुल्स डे ( World people's day) को अवसरमा दक्षिण कोरियामा पनि मे महिनामा बिभिन्न स्थानमा बिबिध कार्यक्रमहरु तय हुदै छन l
यसै क्रममा कोरियाको फेन्थेक शहरमा पनि यहि आउदो २०१८ मे २७ तारिख आइतबारका दिन विश्व जन दिवस को उक्त अवसरमा फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्रको आयोजनामा र फेन्थेक नेपाली समिति साथै अन्य कोरीयन स्थानीय संघ -सस्था, विभिन्न देशका प्रबाशी समूहहरुको संयुक्त सहकार्यमा आयोजना हुन लागेको एसियन महोत्सब बिबिध कार्यक्रमका साथ् सु-सम्पन्न हुन गईरहेको छ l
सो समारोहमा कोरियामा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि फेन्थेक प्रबाशी सहयोग केन्द्र नेपाली समिती कोरियाले हार्दिक अनुरोध गरेको छ l फेन्थेक नेपालीहरु द्वारा प्रकाशित सुचना अनुसार समारोहमा बिबिध मनोरन्जनात्मक खेल कार्यक्रमहरु हुनुका साथै एसियन खानाका फूड स्टलहरु,विभिन्न प्रतियोगितात्मक अवसरहरु र गीत गायन -नृत्य प्रतियोगिताहरु पनि रहेको बताईएको छ l
फेन्थेक माइग्रेन्ट सेन्टर - नेपाली समितिको सुचना :
स्वागतम् ! स्वागतम् ! ! स्वागतम् ! ! !
WEL–COME
11th HAPPY PEOPLES DAY CEREMONY
ASIAN FESTIVAL- 2018
यहि आउदो मे २७ तारिक आईतबारको दिनमा जनदिवस (PEOPLES DAY)को अवसरमा फेन्थेक प्रवासी मजदुर सहयोग केन्द्र द्वारा आयोजना गर्न लागेको ‘एशियन महोत्सव’ तथा विविध कार्यक्रम मा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
मितिः २०१८ / ०५/ २७ गते आईतबार
स्थानः फेन्थेक ट्रेन स्टेशन अगाडी ( AK PLAZA) को पार्क
समयः मध्यान्न १२ देखि साँझ ६ बजे सम्म
कार्यक्रमहरु
–विविध सांस्कृतीक कार्यक्रमः विभिन्न राष्ट्रका कला, सस्कृती झल्काउने खालको प्रर्दशनी ।
–एसियाका विभिन्न राष्ट्रका पोशाक प्रर्दशनी एवम् परेड ।
–विभिन्न धर्मालम्बीबाट शान्तीको सन्देश (बुद्ध, हिन्दु, ईस्लाम, क्याथोलीक)
–एसियाका विभिन्न ८ राष्ट्रका खानाका परिकार ।
प्रतियोगीता
*विभिन्न राष्ट्रको नृत्य एवम् गायन प्रतियोगीता ।
*पोल चढ्ने प्रतियोगीता ।
* आफ्नो कोरियन जिवनको बारेमा लेखन प्रतियोगीता ।
* साथै विभिन्न खेलकुद, तेक्वान्दो प्रर्दशनी एबम् सरसफाई कार्यक्रम
आयोजक
फेन्थेक प्रवासी मजदुर सहयोग केन्द्र
फोन 031-652-8855
फेन्थेक प्रवासी मजदुर सहयोग केन्द्र नेपाल समिति
अध्यक्ष राजेन्द्र बेल्बासे : 010-6394-2014
सचिवः लक्ष्मण पौडेलः 010-5834-9514

,

0 comments

Write Down Your Responses

-->