कोरियन एसवाई प्यानलद्वारा नेपालमा प्यानलको बिक्रि सुरु

 रमेश खावाजु-
विश्वको उत्कृष्ट भवन निर्माण सामग्री उत्पादन गर्ने कोरियन कम्पनी एसवाई प्यानलले नेपालमा प्यानलको  बिक्री वितरण सुरु गरेका छन l

मे २३ तारिकमा चितवनस्थित कम्पनीको कारखानाबाट बुटवल डिलर एशियन हाउजिङ एण्ड कन्ट्रक्सनलाई वाल,रुफ लगायत अन्य सामानहरु बिक्री गरेका छन l हाल नेपालको पुर्व देखि पश्चिमसम्म ४० जिल्लामा डिलरहरु रहेको कम्पनीको महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फेले बताए l उहाँले एसवाई प्यानलको उत्पादनहरु प्रयोग गरि बनाएको घर छिटो निर्माण भई समय र पैसाको बचत हुने बताए l
                              के हो एसवाई प्यानल ?
दक्षिण कोरियामा सन् १९९४ मा स्थापना भएको एसवाई प्यानल भवन निर्माण सामग्री उत्पादन गर्ने कम्पनी हो l कम्पनीले कोरियामा विभिन्न प्यानलहरु , झ्याल , ढोका , डेको टायल , रसायन लगायत अन्य सामाग्रीहरु पनि उत्पादन गर्दै आएको छ l कोरियाको बजारमा ३०% हिस्सा  ओगटेको एसवाई प्यानलले  चिन , भियतनाम , कम्बोडिया ,इन्डोनेसिया तथा नेपालमा कारखाना खोलेका छन l 

प्यानल  निर्माणमा एसिया नं १ तथा बिश्व नं २ प्यानल कम्पनी एसवाई प्यानलले अमेरिका , ब्राजिल , रसिया , जापान,न्युजिल्याण्ड लगायत २० राष्ट्रहरुमा समान निर्यात गर्दै आइरहेको छ l कोरिया एसवाई प्यानलले स्थायी तथा अस्थायी आवासहरु , डिपार्टमेन्ट स्टोर ,होटल ,एयरपोर्ट ,लगायत ६० , ७० तल्लासम्मका विभिन्न भवनहरु बनाउदै आएका छनl

                                                     एसवाई प्यानल नेपालमा
नेपालमा बि.सं .२०७२ मा गएको महाभूकम्पमा परम्परागत अन्य सामाग्रीद्वारा निर्मित घर र भवनहरुमा निकै क्षति भय पश्चात प्यानलद्वारा भूकम्पप्रतिरोधी भवन निर्माण गर्ने आवश्यकता महसुस भएको छ l दक्षिण कोरियाको एसवाई प्यानलले नेपालमा जुलाई २०१७ मा एसवाई प्यानल नेपाल प्रा.लि. कम्पनी स्थापना गरेका छन्  l 

हाल २०१८ अप्रिलमा रत्ननगर चितवन - १४ स्थित एसवाई प्यानलको कारखानाको निर्माण सपन्न भइ मे ५ देखि प्यानल उत्पादन परिक्षण गरेका थिए l कम्पनीले मे २३ तारिक देखि बिभिन्न प्यानलहरु बिक्री बितरण सुरु गरिसकेका छन l कम्पनीमा हाल बिभिन्न रंगहरुमा वाल प्यानल तथा रुफ प्यानलहरु उत्पादन भइरहेका छन l केहि समयपछि कम्पनीले स्टिल ढोका , युपिभीसि झ्याल लगायत अन्य बिभिन्न सामानहरु उत्पादन गर्ने कम्पनीका म्यानेजिङ डाइरेक्टर जोङ सक पार्कले बताए l म्यानेजिङ डाइरेक्टर पार्कले नेपालभरी डिलरहरु स्थापना गरि एसवाई प्यानलले नेपालमा राम्रो बजार लिने बिश्वास ब्यक्त गरे l

                                        एसवाई प्यानलको बिशेषता
. दक्षिण कोरियाको उच्च गुणस्तरयुक्त कच्चा पदार्थद्वारा निर्मित
. कोरिया ,युरोप लगायत पश्चिमी राष्ट्रहरुमा अत्याधिक प्रयोग भएको
. कम तौल लगायत निर्माण तथा ब्यबस्थापनमा सजिलो
. भुकम्प प्रतिरोधी भवन निर्माणका लागी अति उत्तम
.तातो ,चिसो तापक्रमको असरबाट छुटकारा
. थोरै समयमा निर्माण हुने ,मर्मत गरिरहनु नपर्ने
. विभिन्न रंग ,साइज तथा आकर्षक डिजाइनमा उपलब्ध

                                                     के हो इपिएस प्यानल ?
एसवाई इपिएस प्यानलमा दुई तर्फ ग्याल्भनाइज स्टिल भित्र स्टायरोफोम प्रयोग गरि बनाएको हुन्छ lएसवाई इपिएस प्यानल अरु कम्पनिहरुको उत्पादन भन्दा २०% बढ्ता उच्च उत्कृष्ट  घनत्व हुन्छ l यसले थप उत्कृष्ट कुचालकको क्षमता र खाँदिलोपनालाइ बढाउँछ l

स्टिल वा फलामका सामानमा खिया नलागोस् र नबिग्रियोस् भन्ने हेतुले बाहिरबाट कोटिङ गर्ने प्रबिधिलाई ग्याल्भनाइज भनिन्छ । यसमा समेत हलुका र गरुङ्गो  दुबै किसिमका स्टिल र फलाममा यो प्रबिधि प्रयोग गर्न सकिन्छ । जसले फलाम र स्टिललाई सुरक्षित बनाउँछ 

                            इपिएस को बिशेषता
१.  आगो प्रतिरोधी :
EPS भित्र अग्निनिरोधी सामग्री राखेर आम EPS प्यानलको अग्नि सुरक्षालाई नया तरिकाले बढाएको हुन्छ l
२. अग्नि सुरक्षा :
अग्नि प्रतिरोधी  र अप्रज्वलनशील पदार्थको प्रयोग गरिएकोले आगलागी भएको अवस्थामा खप्टिएको प्यानलमा आगलागी हुने खतरालाई न्यूनीकरण भएको छ l
३. इपिएस प्यानल  :
यसलाई स्टायरोफोम भनिन्छ l यसमा घनत्वको साथै उत्कृष्ट खाँदिलोपना हुन्छ l यसको मुल्य र कुचालक गुनले ब्यापक  रुपमा प्रयोग भएको छ l
४. निर्माण क्षमता :
यो प्यानल कुचालक सामग्रीहरुको मध्य सबैभन्दा हलुङ्गो  खालको हो l यसको उत्कृष्ट खाँदिलोपनाका कारणले गर्दा भार मिलाउन र निर्माण गर्न सजिलो हुन्छ l
५.सुन्दरता :
Eps प्यानल बिबिध ढांचा  र रंगमा हुने भएकोले भवनहरुको बाह्य  सुन्दरतालाइ बढाउँछ l        

UPVC झ्याल

१.स्लाइड झ्यालहरु
यो PVC बाट निर्मित उच्च श्रेणीको झ्याल हो l यसमा उत्कृष्ट कुचालक गुण हुन्छ र बाहिरी झ्यालको लागि उपयुक्त हुन्छ l यसमा हावा रोक्ने बहुरूप संरचनाले गर्दा उत्कृष्ट खालको कुचालकको काम गर्छ , जुन दिर्घकालिन हुन्छ l



बिशेषताहरु
यो झ्यालमा न्यून तापीय सुचालकपना र बहुरूप जडान भएको कारणले गर्दा उत्कृष्ट प्रकारको कुचालक क्षमता हुन्छ l यो सुधारिएको कुचालक झ्याल हो l यसलाई बन्द गर्दा खेरी दुई गुणा बढी हावा रोक्दछ l यो झ्यालको फ्रेम माथिल्लो तथा तल्लो पट्टिलाई उँचो बनाएर सुधारिएको हुनाले हावा रोक्ने र पानि समेत्ग पस्न दिंदैन l
प्रयोग
यो आरामदायी घरहरुमा,आवासगृहमा , बंगला र साझा आवासीय भवनहरुमा प्रयोग गर्न सकिन्छ l

 २.प्रणाली झ्याल
यो थप बलियो पारिएको बहुसंरचना र कडापन भएको हावाको चाप प्रतिरोधी र कुचालक क्षमतामा सुधार गरिएको झ्याल हो l
 विशेषताहरु
झ्यालको बिचको बिचको फ्रेममा कडापन बढाउने चौडा वस्तु राखिएको हावाको उच्च चापको प्रतिरोध गर्ने काम यसले गर्दछ l यसमा रहेको सामान्य खालको बाहिरी भागले कोठा भित्र  आनन्ददायक  वातावरण तयार पार्दछ l

स्टील ढोका

·        यो ढोका उच्च ध्वनि ,हावा , ताप ,प्रतिरोधी विशेषता भएको हुन्छ l
·        यसमा दोहोरो ब्लक संरचना निर्मित गरी नकोरिने पदार्थले कोटीङ गरिएको हुन्छ l
·        ग्राहकलाई आकर्षक गर्न ढोकालाई कलात्मक बनाएको हुन्छ l


  

0 comments

Write Down Your Responses

-->