नेपाली कलाले ढाकियो कोरिया बिश्व शान्ति महोत्सव [फोटो भिडियो फिचर ]

कृष्ण पुरी -२८मे २०१८।एसियन महोत्सबमा नेपालीहरुको  बहुसास्कृतिक गुन्जायमान 


"अनेकतामा बिबिधता सगै एकता र सुमधुर सापिप्यता" को मूल संदेश छर्दै दक्षिण कोरियाको फेन्थेक शहरमा फेन्थेक प्रबाशी सहयोग केन्द्रको मुख्य आयोजनामा वर्ल्ड पिपुल्स डे को अवसरमा मनाइएको विश्व शान्ति  एसियन महोत्सब भव्यताका साथ् सम्पन्न भएको छ । 

गत २७ तारिख आईतबार - फेन्थेक शहरमा एसियाका बिभिन्न देशका मनोरन्जनात्मक सास्कृतिक कार्यक्रमहरु , खेलकुदहरु साथै बिबिध प्रतियोगिताहरु बीच कोरीयन लगाएत सम्पूर्ण उपस्थित प्रबाशीहरुले बहुसास्कृतिक महोत्सबको भरपुर आकर्षणमा रमाए । 


फेन्थेक प्रबाशी सहयोग केन्द्र सगै फेन्थेक बहुसास्कृतिक परिवार , फेन्थेक नेपाली समिति, स्थानीय सामाजिक संघ सस्था साथै विभिन्न देशका प्रबाशिहरुको संग्लनतामा आयोजीत सो महोत्सबमा माइग्रेन्ट प्रमुख किम वु यंगले  शुभकामना राख्दै कोरीयन र प्रवाशीहरुको एकता र बहुसास्कृतिक सम्बन्धलाई यस्ता गतिविधि द्वारा अझ प्रगाढ र एक आपसमा सुमधुर बिकास हुदै जाने बताए ।  
एसियाका देशहरु कोरिया -जापान-चिन-नेपाल -फिलिपिन -कम्बोडिया भिएतनाम -थाइलेन्ड-श्रीलंका -इन्डोनेसिया, बंगलादेश ,म्यान्मार लगाएत बिभिन्न देशहरुले आफ्नो सास्कृतिक प्रस्तुतीहरु सगै आ-आफ्नो पहिचान झल्काएका देखिन्थे l सो महोत्सबमा आ-आफ्ना देशका कला ,सस्कृति साथसाथै खाना तथा परिकारका स्टल पनि संचालनमा रहेका थिए ।
तेक्वान्दो परेड प्रस्तुत सगै कोरीयन खेलहरु ,खम्बा चढ्ने , जस्ता बिबिध प्रतियोगितात्मक खेलहरु सम्पन्न भएका थिए । फेन्थेक सिटि द्वारा प्रायोजन गरीएको सो महोत्सवमा सास्कृतिक प्रतियोगितामा कोरीयाका सामाजिक सस्थाहरु ,पत्रकारहरु सगै एसियाका प्रबाशीहरुको उल्लेख्य सहभागिता रहेको थियो l सो अवसरमा नेपालको प्रस्तुतिहरु तर्फ- माछीले खाने खोलीको लेउ बोलको गीतमा आयुष क्षेत्री र अन्जली क्षेत्रीको रोमान्चक प्रस्तुति नृत्य रहेको थियो l त्यस्तै गायन तर्फ नारायण पाठक र अमिर ताम्राकारले सुमधुर कोरियन गीत पस्केका थिए l कोरिया, फिलिपिन्स, कम्बोडिया लगाएत अन्य बिबिध बहुभाषी नृत्य ,गीतहरुले फेन्थेक शहर गुन्जाईएका थिए । नेपाली नृत्य तथा गायन प्रस्तुतिमा नेपाली पहिचान र शान्तिको संदेश छर्दै सामाजिक अभियन्ता नेपालको राम (राम दत्त जोशी ) द्वारा नेपाली झण्डा फ़हराइएको थियो l
कोरियन जीवन भोगाई प्रस्तुतिमा नारायण माया बोहोराले आफ्नो छोटो कोरियन जीवन व्यक्त गर्नुभएको थियो l बिभिन्न धर्मावलम्बीहरुको झलकमा सनातन साहित्य संगीत साधनाका अध्यक्ष यम सापकोटा द्वारा नेपाली सनातन हिन्दु धर्म परिचय सहित धार्मिक गीत पस्कदै नेपाली बाध्याबाजन प्रदर्शन गराउनुभएको थियो l
नेपाली समितिका अध्यक्ष राजेन्द्रप्रसाद बेलबासे , लक्ष्मण पौडेल ,बिशाल थापाको बिशेष सक्रियता ,अम्बिका पार्क कान्तिपूर रेस्टुरेन्टको बिशेष सहयोगमा कार्यक्रम सफलरुपमा सम्पन्न भएको थियो l



कार्यक्रमका सम्बन्धित झलकहरु :- 























, ,

0 comments

Write Down Your Responses

-->