कास्की परिवार कोरियाको बृहतभेला जुलाई २२ मा हुदैँ

अमृत प्रसाद बास्तोला
 १० जुन २०१८ कोरिया l 

कास्की परिवार दक्षिण कोरिया को बृहत कस्केली भेला आउदो महिना जुलाई २२ मा हुने भएको छ।संगठित समूह नै प्रदेश को सहारा हो भन्ने मुल नाराका साथ प्रवासी भुमिमा समस्त  कास्केली दाजुभाइ तथा दिदी बहिनीहरुमा आपसी सहयोग सद्भाव तथा भाइचारा बडाउने उदेश्यका साथ २००८  मा स्थापित कास्की परिवार ले यहि आउदो जुलाई २२ तारिख आईतबारका  दिनमा बृहत् भेला गर्ने निर्णय गरेको छ।
कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष दिल जलारी पासाका अनुसार उक्त भेलाले आगामी कार्यदिशा तय गर्ने छ साथै सस्था का पदाधिकारी हरु को कार्य अबधी को समाप्ती को कारण 
रिक्त रहन गएका विभिन्न पदहरुमा पनि उक्त भेला ले पदपूर्ति को लागि विभिन्न पदाधिकारी हरुको चयन समेत गर्ने छ।
कोरियामा क्रियासिल रहेका विभिन्न नेपाली संघ सस्था हरु सङ हातेमालो गर्दै कोरिया तथा नेपालमा समेत समय समयमा आर्थिक सामाजिक सहयोग गर्दै आइरहेको तथा कोरिया मै विविध सास्कृतिक कार्यक्रम खेलकुद कार्यक्रम को आयोजना गर्दै तथा सहभागी हुँदै आइरहेको सस्थाका अध्यक्ष ले जानकारी गराउनु भयो।
भोलि का दिनहरुमा समेत कास्की परिवार आवश्यक परेको ठाँउमा परिस्थिति अनुसार सक्दो सहयोग गर्ने जानकारी गराउदै कास्कीका अध्यक्ष पासा ले समस्थ कोरिया वासी कस्केली दाजुभाइ दिदीबहिनीको साथ र सहयोग मा मात्रै सस्थाले प्रगति गर्न सक्ने तथा सस्थाका काम कामकारबाही प्रभावकारी हुने हुदा, बृहत भेला मा उपस्थित भै आफ्ना महत्त्वपूर्ण सल्लाह सुझाव दिनु हुन तथा सस्था प्रती ऎकबद्धता जाहेर गरि दिनु हुन अनुरोध गर्नु भएको छ।उक्त कार्यक्रम मा नै आफ्नो अबधी समाप्त भै नेपाल जान लाग्नु भएका सस्था का सल्लाहकार बालकृष्ण त्रिपाठी, उपाध्यक्ष गोबिन्द बराल ,कोषाध्यक्ष राजगोपाल सापकोटा लगाएत लाई बिदाई  गर्ने कार्यक्रम पनि रहेको छ ।कार्यक्रम नेपाल हाउस सौल मा हुने छ ।
कार्यक्रम हुने मिति समय र स्थान 
मिति -2018/7/22 आइतबार 
स्थान- नेपाल हाउस 
समय- दिन को ठिक 12 बजे

,

0 comments

Write Down Your Responses

-->