फेन्तेक माइग्रेन्ट वेलफेयर सेन्टरका अध्यक्ष राजेन्द्र बेल्बासे सम्मानित

कृष्ण पुरी (नमस्ते नेपाल कोरिया डट कम )
१० जुन १०१८ कोरिया  
दक्षिण कोरियामा सामाजिक कार्यमा सक्रिय योगदान गरेको भन्दै अर्घाखाँची घर भै इपिएस मार्फत ३  वर्ष अघि कोरिया  आएका एक नेपाली सम्मानित भएका छन् । फेन्थेक माईग्रेन्ट  नेपाली समितिका अध्यक्ष राजेन्द्रप्रसाद बेलबासेलाई सामाजिक सेवामा महत्वपूर्ण कार्य गरेकोमा प्रशंसा गर्दै सम्मानपत्र मार्फत माईग्रेन्ट सेन्टर प्रमुख किमले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।  उक्त  सम्मान गत मे  २७ मा भएको विश्व एसियन महोत्सवको अवसरमा  फेन्तेक शहरका नगरप्रमूखले सामाजिक कार्य गरेबापत दिने बिशेष सम्मान फेन्थेक माइग्रेन्ट सेन्टरले यहि जुन १० तारिख एक  कार्यकमका बीच सो सेन्टरमा वहालाई हस्तान्तरण गरेको हो l 
सम्पन्न गत  उक्त मेलामा नेपाल सगै एशियाका अन्य राष्ट्रले आफ्ना देशको मौलिक संस्कृति झल्कीने पोशाक, खाना, नाचगान लगायतका प्रस्तृति देखाएका थिए , बेलबासे  फेन्तेक शहरमा माइग्रेन्ट वेलफेयर सेन्टर संग आबद्ध भएर नेपाली समितिको नेतृत्वदायी भूमिका निर्वाह गर्दै कोरियामा बिभिन्न सामाजिक कार्यहरुमा क्रियाशिल रहदै आएका छन् । माइग्रेन्ट सेन्टरवाट संचालनमा हुने हरेक गतिविधिमा सहयोग गर्दै सेन्टरको स्तरोन्नति लगाएत सो क्षेत्रमा सामाजिक कार्यक्रमहरुमा नेपाली समितिको उल्लेख्य सहयोग रहदै आएको छ । वहाले सेन्टरले हालै महिलाको लागी आबास शेल्टर पनि संचालनमा ल्याएको बताउदै र माइग्रेन्ट सेन्टरका हरेक  गतिविधिमा, दुख समस्या तथा परामर्शको लागी सेन्टर समक्ष सम्पर्क गरि सबैलाई लाभ लिन आह्वान समेत गरेका छन् l 

,

0 comments

Write Down Your Responses

-->