कोरियामा मुक्तक दर्पण बिमोचन सगै नेतृत्वमा रामचन्द्र शर्मा

लोकराज न्यौपाने (मुक्तक -साहित्य )
११ जुन २०१८ कोरिया l
नेपाली मुक्तक विधाको एक प्रतिनिधीमुलक कृति दक्षिण कोरियाबाट प्रकाशित भएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले प्रकाशन गरेको कृति मुक्तक दर्पण को कोरियाको राजधानी सउलस्थित नेपालहाउसमा आईतवार भव्य विमोचन गरिएको छ । कृतिमा नेपाली मुक्तक विधामा कलम चलाईरहेका ४ दर्जनबढि सर्जकका रचना र मुक्तकको ईतिहास र मुक्तक को बर्तमान अवस्था र शैलिको बिषयमा बिग्य हरुको लेख समेत समेटिएका छन् । विमोचन कार्यक्रममा प्रमुख अथिती रहनुभएका अनेसास एसिया क्षेत्रका सह सचिव कृस गुल्मेली बाबूले मुक्तक लेखनीको हालको अवस्था नियाल्न मुक्तक विधाका वारेमा बुझ्न कृति कोसेढुंगा सावित हुने बताउनुभयो । उहाँले मुक्तक विधामा कलम चलाईरहेका नयाँ सर्जकहरुका लागि कृति सहयोगि सिद्ध हुनेमा आफु विश्वस्त रहेको भन्दै नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखालाई कृति प्रकाशन गरेकोमा बधाई ज्ञापन गर्नुभयो । मुक्तक प्रतिष्ठानका निवर्तमान अध्यक्ष सन्तोष अम्गाईँ कृति नेपाली मुक्तक विधाका लागि कोशेढुंगा साबित हुनेमा आफुहरु पनि आशावादि रहेको बताउनुभयो । मुक्तक प्रतिष्ठानका निवर्तमान अध्यक्ष अमगाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका पांच दर्जन भन्दा बढि सर्जकहरुको उपस्थिति रहेको थियो । प्रतिष्ठानका पुर्व कोषाध्यक्ष कुमार गौतमको स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रममा दिपेन्द्र भटराइ, सुस्मा राहँनामा, बलदेव भटराइ लगायले पनि मन्तव्य राख्नुभएको थियो । पुस्तक विमोचन सँगै भएको बृहत रचना वाचन कार्यक्रममा खगेन्द्र केसी, जनक सन्याल, टपेन्द्र बिष्ट, डिकर्ट मल्ल सन्देश, मानकाजी शाक्य, कमल बाछिटे, सुशील अर्याल, नारायण भुसाल, संजय घिमिरे, सरोज भन्डारी सर्वहारा, कुमार गौतम, खिम बहादुर थापा, अमृत प्रसाद वास्तोला, राधाकृष्ण पौडेल , राम केसी नयन, सुस्मा रानाहमा, रेशम अधिकारी, रुद्र कंणेल, भोजराज घोडासैनी, समीर यात्री, हरि अधिकारी, लोकराज न्यौपाने, दिपेन्द्र जोसी, दिपकराज बन्जाडे, दिपेन्द्र भट्टराई, यल्जी विवस, ह्यारी बोण्ड, आर।एन।,दिपक अधिकारी, बलदेव भट्टाराई, हेमराज पोखरेल, गोपिकृष्ण लामिछाने, सन्जय खनाल, रामचन्द्र शर्मा, बिस्नु वाग्ले, नवीन भन्डारी संयोजक लगायत करिब तिन दर्जन भन्दा बढि सर्जकहरुले रचना वाचन गरेका थिए । यसैबिच आईतबार नै नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । रामचन्द्र शर्मा को नेतृत्वमा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको हो ।शर्मा को नेतृत्वमा रहेको नयां कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष राम के सि नयन,उपाध्यक्ष कमल बाछिटे,महासचिव भोजराज जैसि ,सचिव जनक सन्याल ,कोषाध्यक्ष लोकराज न्यौपाने ,सह९कोषाध्यक्ष महेन्द्र के सी सदस्यहरु९ कुमार गौतम,नारायण भुषाल,जीवन भण्डारी,राम कुमार राई ,रोदुंग यायावर, समीर यात्री,शुसिल अर्याल ,खगेन्द्र के सी,दिपेन्द्र जोशी,अमृत प्रसाद बास्तोला, खिम बहादुर थापा,दिपक रावल ,मानकाजी शाक्य,दिपकराज बन्जाडे ,संजय खनाल , रुद्र कंडेल र रेशम अधिकारी रहनुभएको छ ।नवनियुक्त अध्यक्ष शर्माले प्रतिष्ठान मुक्तक सिक्दै गरेका सिक्न चाहने मुक्तक लेख्दै गरेका समग्र नेपाली साहित्यलाई माया गर्ने सबै सबैको साझा चौतारी भएकाले सबैले आफ्नै संस्था सम्झिएर सहकार्य र सहयात्रा गर्दै साहित्यको साधना गर्ने थलो को रुपमा लिनका लागि सबैमा अनुरोध गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन बिष्णु वाग्ले र डि आर न्यौपाने सुर्यले गर्नुभएको थियो

, ,

0 comments

Write Down Your Responses

-->