एसवाई प्यानलको प्रयोगले समय र पैसाको बचत हुने – एसवाई ग्रुप अध्यक्ष दोन


रमेश खावाजु -
दक्षिण कोरियाली भवन निर्माण सामग्री उत्पादन  गर्ने एसवाई  प्यानल कोरियाका  कार्यकारी निर्देशक तथा एसवाई ग्रुपका अध्यक्ष होङ योङ दोनले  चितवनस्थित  नवनिर्मित एसवाई प्यानल कारखानाको अवलोकन गरेका छन l

सनिबार एसवाई प्यानल नेपालको नवनिर्मित रत्ननगर-१४ ,चितवनस्थित  कारखानामा आइपुगेका अध्यक्ष दोनले स्वागत कार्यक्रममा सहभागी एसवाई प्यानलका ४२  डिलर सदस्यहरुलाई एसवाई प्यानलका उत्पादनको  प्रयोगले समय र पैसाको बचत हुने बताए l एसवाई प्यानलले बिश्वको उत्कृष्ट प्यानल उत्पादन गर्ने भएकोले नेपालमा निकै उपयोगी तथा बजार लिने बिश्वास पनि व्यक्त गरे l

कार्यक्रममा एसवाई प्यानल नेपालका प्रबन्ध निर्देशक जोंङ  सक पार्कले नेपालको महाभूकम्पमा परम्परागत सामाग्रीद्वारा निर्मित घरहरुमा निकै क्षति भय पश्चात भूकम्पप्रतिरोधी भवन निर्माण गर्ने प्यानलको महत्व बढेको बताए  l नेपाली बजारमा प्यानल , युपिभिसि झ्याल, स्टिल ढोकाको माग धेरै बढिरहेको पुन बताए l


कार्यक्रममा एसवाई  ग्रुपका उपाध्यक्ष ली अग योङ , भारतका पुर्व नेपाली राजदुत दुर्गेश मान सिंह , रत्ननगर नगरपालिका  वार्ड १४ का अध्यक्ष हरि कुमार श्रेष्ठ लगायत एस प्यानल नेपालका कर्माचारीहरु सहभागी भएका थिए l



0 comments

Write Down Your Responses

-->