कोरियामा भगवान श्री जगन्नाथ जि को रथयात्रा भब्य तयारी


नमस्ते नेपाल कोरिया सम्बादाता
१४ जुलाई २०१८ कोरिया l  
कोरियामा यहि जुलाई १५ तारिख आईतबार आयोजना गर्न लागिएको  भगवान श्री जगन्नाथ जि को भब्य रथयात्राको  तयारी पुरा भएको छ l 
सनातन साहित्य सङ्गित साधना समूह (पाँच स) दक्षिण कोरिया र इस्कोन टेम्पल दक्षिण कोरिया को संयुक्त आयोजनामा प्रत्येक बर्ष जस्तै यो बर्षपनि भगवान श्री जगन्नाथ जि को रथयात्रा सहितको नगर परिक्रमा कार्यक्रमको तयारी पूरा गरिएकोछ।भगवान डोलीमा रहँदा दर्शन गर्नाले अनेक जन्म संचित पाप नस्ट हुने शास्त्रीय मान्यता रहेको छ। आध्यात्मिक -धार्मिक महोत्सवमा परमेस्वर भगवानको अनुकम्पाले जिवनको रथ तान्न सहज अनुभूति भै सबल सक्षम र सुखी जीवन जिउनको लागि आध्यात्मिक उत्प्रेरणा यहि महोत्सबमा अबश्य मिल्नेछ ।प्रवासमा रहँदा आफ्नो मौलिक परम्परा र संस्कृति बाट बन्चित भइ उदासिन हुनुपरेको परिस्थितिमा आफ्नो जीवन लाई सार्थक बनाउने यस महान अवसरमा सम्पुर्ण कोरिया बासी नेपाली दाजु भाई तथा दिदीबहिनीहरुको गरिमाय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ l 
"जब हामिआफ्नो काममा भगवान आफ्नो धाममा ,जब हामी भगवानको नाममा भगवान हाम्रो काममा ।" भन्ने अभिप्राय सहित शनिबार साँझ उक्त मन्दिरमा बिशेष भजन आराधना हुने र आईतबार सो रथ यात्रा सम्पन्न हुनेछ l 
कोरियन प्रशासन को समेत विशेष साथ र सहयोग रहने उक्त कार्यक्रम विशेष पुजा आराधना सहित निम्न मिति र स्थानमा भब्य रुपमा सम्पन्न हुन गैरहेको हुदा इच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले सम्पर्क गरि सहभागिता जनाउन सक्नुहुनेछ l  💕
मिति :जुलाई १५ २०१८ 🌹
समय : दिउँसो १२ बजे 💕
स्थान :श्री श्री राधा कृष्ण मन्दिर EDONG-RI122,POCHEON-SI GYEONGI경기도 포천시 소흘읍 이동교리 122
सम्पर्क : ०१०५९४४६९२७ -ज्यो पं.महेश कोइराला
०१०६७१३२४४० -यम सापकोटा
०१०२४७११४३७ - भव:स्वि बोम्जन

,

0 comments

Write Down Your Responses

-->