कास्की परिवार कोरियाको जुलाई २२ मा हुने बिशेष भेला बारे अनुरोध

नमस्ते नेपाल कोरिया सम्बादाता 

१४ जुलाई २०१८ कोरिया । 

कास्की परिवार दक्षिण कोरिया को  जुलाई २२ मा हुने बृहत कस्केली भेलाको तयारी पुरा भएको छ। संगठित समुह नै प्रदेश को सहारा हो भन्ने मुल नारा लिइ आपसी सहयोग सद्भाव तथा भाइचारा बढाउने उदेश्यका साथ २००८  मा स्थापित कास्की परिवार ले यहि आउदो जुलाई २२ तारिख आईतबारका  दिनमा बृहत् भेला गर्ने निर्णय गरेको थियो।
       कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष दिल जलारी पासाका अनुसार उक्त भेला सम्पूर्ण कास्की जिल्ला बासी बीच आपसी एकता सुदृढ, खेल, सामाजिक ,साँस्कृतिकलगायत बिबिध पक्षमा छलफल  हातेमालो गर्दै आगामी कार्यदिशा  तर्फ  सस्थागत बिषय हरुमा केन्द्रित रहनेछ । सस्था का पदाधिकारी हरु को कार्य अबधी को समाप्ती को कारण धेरै पद हरु रिक्त रहन गएका र वर्तमान कार्यसमितिको कार्यकाल समेत धेरै बाकी नरहेको कारण  उक्त भेला ले पदपूर्ति गर्ने अथवा नया कार्यसमिति को चयन गर्ने भन्ने बिषय मा समेत छलफल गर्ने छ।कोरियामा क्रियासिल रहेका विभिन्न नेपाली संघ सस्था हरु सङ हातेमालो गर्दै कोरिया तथा नेपालमा समेत समय समयमा आर्थिक सामाजिक सहयोग गर्दै आइरहेको तथा कोरिया मै विविध सास्कृतिक कार्यक्रम खेलकुद कार्यक्रम को आयोजना गर्दै तथा अन्य नेपाली संघ  सस्था ले आयोजना गरेको कार्यक्रम हरुमा सहभागी हुँदै आइरहेको सस्थाका अध्यक्ष ले जानकारी गराउनु भयो।भोलि का दिनहरुमा समेत कास्की परिवार आवश्यक परेको ठाँउमा परिस्थिति अनुसार सक्दो सहयोग गर्ने जानकारी गराउदै कास्कीका अध्यक्ष पासा ले समस्थ कोरिया वासी कस्केली दाजुभाइ दिदीबहिनीको साथ र सहयोग मा मात्रै सस्थाले प्रगति गर्न सक्ने तथा सस्थाका काम कामकारबाही प्रभावकारी हुने हुदा, बृहत भेला मा उपस्थित भै आफ्ना महत्त्वपूर्ण सल्लाह सुझाव दिनु हुन तथा सस्था प्रती ऎकबद्धता जाहेर गरि दिनु हुन अनुरोध गर्नु भएको छ।
कास्की परिवार का खेल संयोजक दल बहादुर गुरुङ्ग ज्यु ले  हाल कास्की परिवार को फूटबल तथा भलिबल खेल का मुख्य खेलाडी हरु कार्याबधी सम्पन्न भै नेपाल फिर्ता भएको जानकारी गराउनु  भयो। कुशल खेलाडी हरु को अभावमा राम्रो खेल प्रदर्शन गर्न नसकिएको हुदा कोरियामा नेपाली संघ सस्था हरुले आयोजना गर्दै आएका खेल हरुमा सहभागिता जनाउन नसकिएको जानकारी गराउदै बृहत भेला मा कास्की बाट रोजगार ब्यापार तथा अध्यन को लागि कोरिया आउनु भएका फूटबल र भलिबल खेलमा रुचि तथा दख्खल कास्केली दाजुभाइ दिदिबहिनी हरु सग विशेष छलफल गरि कास्की परिवार को सशक्त फूटबल तथा भलिबल टिम बनाउने जानकारी गराउनु भयो।गुरुङ ले उक्त भेलामा कास्की का खेल प्रेमी खेलाडी तथा खेल्ने कला र इच्छा भएका कस्केली हरुको उल्लेखनीय सहभागिता हुने बिश्वास  गरेका छन् ।
 कार्यक्रम समन्धी जानकारी
मिति ----2018/7/22 आइतबार
समय___दिनको ठिक 12 बजे
स्थान ----नेपाल हाउस तोङ्देमुन सौल

,

0 comments

Write Down Your Responses

-->