आगामी अक्टोबर ३० मा कास्की परिवारको साधारणसभा हुने

कास्की परिवारको साधारणसभा हुने, सस्थालाई आवस्यक सर-सल्लाह,सुझावहरु प्रदान गरिदिनुहुन हार्दिक अनुरोध :
"संगठित समुह नै प्रदेशको सहारा हो" मुल नाराका साथ यस प्रवासी भूमी द.कोरियामा सामाजिक क्षेत्र र खेलकुदको क्षेत्रमा अग्र पंक्तिमा सक्रिय संस्था कास्की परिवारको बार्षिक साधारणसभा आउँदो अक्टोबर ३० तारिखमा हुने भएको छ । कोरियन महान पर्व छुसकको अवसर पारी गत सेप्टेम्बर १४ तारिखमा तथा गत अक्टोबर ३ तारिख नेपाल हाउसमा भएको कार्यसमिति,
सल्लाहकार हरुको विशेष उपस्थितिमा संस्थालाई विगतदेखी उल्लेख्य सहयोग गर्दै आउनुभएका दिदीबहिनी तथा दाज्युभाईको उल्लासमय उपस्थितिमा भएको विषेश बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा अगष्ट २८ मा सम्पन्न माछापुच्छ्रे भलिबल रनिङ्ग कप,भाग-२ लाई सभ्य र भब्य रुपमा सफल बनाउन सहयोग पुर्याउनु भएका संघ-संस्था तथा उपस्थित सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो भने सोही दिन खोलिएको भाग्यशाली चिठ्ठाको बिजेताहरुलाई सामुहिकरुपमा नगद पुरस्कार वितरण गरिएको थियो। साथै उक्त माछापुच्छ्रे भलिबल रनिङ्ग कप, भाग-२ सफल पार्न आर्थिक सहयोग तथा विभिन्न तवरबाट सहयोग पुर्याउनुहुने महानुभावहरुलाई पनि बिशेष आभार प्रकट गरीएको थियो l
विभिन्न एजेन्डाहरुमा उल्लासमय बहस र छलफलका साथ उचित निर्णय निकाल्दै कार्यसमितिका केही सदस्यहरु हेरफेर,केही सदस्यहरु समय अभावको कारण संस्थाको कार्यक्रमहरुमा सकृय रहन नसकेको अवस्थामा संस्थालाई सफलरुपमा अगाडि बढाउन साधारणसभा बोलाएर सक्षम र सकृय ब्यक्तित्वहरुको सयोजन गराई कार्यसमितीलाई चुस्त रुपमा अगाडी बढाउने अध्यक्ष खोम गुरुङ्गले बताउनुभएको छ l तसर्थ कास्की परीवार सग आबद्ध भएर सस्थामा हातेमालो गर्न चाहानुहुने कास्केली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आमन्त्रण गरीएको छ l
कोरियाको विभिन्न क्षेत्रमा छरिएर विभिन्न पेशामा आवद्ध रहनुभएका सम्पूर्ण कस्केली बुद्धिजीवी, समाजसेवी, व्यबसायी, विद्यार्थी, मजदुर तथा सम्पूर्ण दाज्यु-भाइ तथा दिदी-बहिनीहरुलाई उपस्थित भएर सस्थालाई आवस्यक सर-सल्लाह,सुझावहरु प्रदान गरिदिनुहुन कास्की परिवारले हार्दिक अनुरोध गरेको छ ।
बिस्तृत विवरण : साधारण सभा
मिति:- अक्टोबर ३० आईतबार
समय:- ठिक १२ बजे
स्थान:- नेपाल हाउस दोंग्देमुन




0 comments

Write Down Your Responses

-->