फेन्थेक कोरियामा दशैँ भब्यरुपमा मनाइयो

कृष्ण पुरी, कोरिया l
१० ,अक्टोबर-२०१६ l
दक्षिण कोरियामा अक्टोबर ९ आइतबार को बिदाको अवसर पारेर विभिन्न स्थानमा रहेका नेपाली मुलका सबै प्रवासी नेपालीहरु र केहि कोरीयन सगै हर्सो उल्लासको साथ दशैं मनाएका छन् l

आफ्नो संस्कृति र परम्परालाई कायम राख्दै प्रबाशी भूमिमा रहेतापनि एकआपसमा बिजायादशमीको शुभकामना आदानप्रदान, टिका ग्रहण , नेपाली भोजन गर्दै विभिन्न सास्कृतिक कार्यक्रमहरु सहित दशैँको महत्व झल्काएका छन् l

यसै क्रममा कोरियाको फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्रमा पनि भब्यरुपमा दशैँ मनाइएको छ l नेपाली सस्कृतिको पहिचान र जगेर्ना गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा नेपाली परम्परा अनुसार टिका तथा जमरा ग्रहण, एकआपसमा शुभकामना आदानप्रदान, विभिन्न मनोरन्जनात्मक प्रस्तुतिहरुका साथै नेपाली परिकारका खानाको पनि प्रबन्ध गरिएको थियो l

उक्त केन्द्रका अध्यक्ष श्याम कृष्ण रेग्मी को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासका श्रम काउन्सेलर देवराज ढकाल द्वारा टिका जमरा लगाई शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो l मन्तब्यमा प्रबाशमा यसरी आफ्नो मौलिक सस्कृति झल्काउनु लाई उच्च प्रशंसा गर्दै नेपालीहरु बीच खुशी ,सामिप्यता ,मित्रता बढ्ने कुरा बताउनु भएको थियो l सो अवसरमा पुर्ब समितिलाई सम्मान तथा अन्य सहयोगी हरुलाई पनि सम्मान कार्यक्रम रहेको थियो l कार्यक्रम केन्द्रका लेखनाथ पराजुलीले संचालन् गर्नुभएको थियो l
विभिन्न सङ्घ संस्थाका प्रतिनिधि , पत्रकार ,बिध्यार्थी, बुद्धिजिबि तथा नेपाली समुदायको उपस्थितिमा कार्यक्रम उत्साहजनकरुपमा समापन भएको थियो l


0 comments

Write Down Your Responses

-->