कोरियन प्रहरीले एक हुण्डी कारोबारी नेपालीलाई पक्राउ, ८ जना कडा निगरानीमा

कोरियन प्रहरीले हुण्डी कारोबारीलाइ खोजि खोजि पक्रिदै ,एकजना नेपाली पक्राउ, ८ जना कडा निगरानीमा

किशन गौतम
१२,अक्टोबर,२०१६ कोरिया l
एजेन्सी-कोरिया बाट अबैध रुपमा हुण्डी मार्फत पैसा बाहिरिने क्रम बढेपछि कोरियन प्रहरीले शंकास्पद हुण्डी व्यावसायि माथि कडा निगरानी बढाएको छ l यसै क्रममा अवैध रुपमा हुण्डी गरेर रकम पठाउने काममा संलग्न एक नेपालीलाई कोरियन प्रहरीले पक्राउ गरेको छ । हुण्डी गरेर पैसा पठाउने काममा संलग्न दुई जना पक्राउ परेकोमा एकजना नेपाली रहेको कोरियाली समाचार एजेन्सी द कोरिया टाइम्सले जनाएको छ ।


पक्राउ पर्नेको नाम उल्लेख नगरिएपनि ३६ बर्षीय उनी वैदेशीक रोजगारीका लागि कोरिया आएका नेपाली रहेको उल्लेख छ । पक्राउ परेका अर्का नागरिक भने चिनियाँ विद्यार्थी हुन् । उनीहरु मिलेर गएको ५ वर्षमा पचास बिलियन वन अर्थात् साढे ४० लाख अमेरिकी डलर भन्दा बढी रकम कोरियाबाट नेपाल पठाएको कोरियाको ख्याङ्गि प्रहरी कार्यालयले जनाएको छ । हुण्डी कारोबारमा संलगन रहेको आशंकामा अन्य ८ जनालाई लाइ समेत कडा निगरानी राखिएको बताइएको छ l


कोरियामा रहेका झण्डै ३५ सय नेपाली कामदारबाट नेपालमा पैसा पठाइदिनका लागि आफूहरुलाई आग्रह गरिएको र त्यसै अनुरुप पैसा पठाएको उनीहरुले बताएको खबरमा उल्लेख छ ।
उनीहरुले नेपालीले घर पठाउन दिएको पैसाबाट कोरियाली कस्मेटिक सामग्री किनेर चिनियाँ दलालमार्फत चीनमा बेच्ने र त्यसबाट आएको पैसा नेपाल पठाउने गरेको खुलेको हो । यो क्रममा साढे ४० लाख अमेरिकी डलर भन्दा बढि पैसा अवैध रुपमा नेपाल पठाइएको प्रहरीको भनाई छ l



0 comments

Write Down Your Responses

-->