" भुल्न सक्दिन " - गजल


गजल :-भुल्न सक्दिन -रुद्र बाबु कंडेल परदेशी (चितवन ) हाल मासान कोरिया
ती यादहरुको हुल भुल्न सक्दिन
बाल्यपनको चुलबुल भुल्न सक्दिन।।
अक्षर सँग परिचित गरायो मलाई
मेरो बचपनको स्कुल भुल्न सक्दिन।।
नतिजाकोअन्तिम घडी कुर्नु सँगै
कति हुन्थ्यो खुलदुल भुल्न सक्दिन ।।
हरेक बिहानी सुवासमय हुन्थ्यो र त
मेरो आँगन छेवैको फुल भुल्न सक्दिन ।।
गाग्री बोकि गईन्थ्यो धेरै टाढा सम्म


प्यास मेटाउने मुल भुल्न सक्दिन ।।

0 comments

Write Down Your Responses

-->