कोरिया सपना र यथार्थ

रामसुन्दर बस्नेत

-गजल-

खरदार,सुब्बासँग भिडेर,कोरिया भिषा लाईयो!!
भाषा पास गरेर नै   कोरिया   लाहुर   अाईयो!!

गाईगोरु,सुगुर,सर्प,कुकुर कम्पनिको  भान्सामा
भोकको झोकमा मारि,मिठो मानीमानी खाईयो।

नभनि थकान,भोक-प्यास गरियो  जोडले काम!!
हुदामा सानों गल्ति!सेख्या,सिब्फाल दरै पाईयो।

खाएर सोजु,मेक्जु!  साथिभाई   भेला   भई!!
दुख:सुख मनको बह!!लरबराउँदै दोहोरि गाईयो।।

हामीलाई राम्रो काम-तलब साथै ईमान्दार मालिक!
मजदुर मैत्रि सहज बाताबरण  कम्पनिमा चाईयो।।
-रामसुन्दर बस्नेत ,कोरिया 

,

0 comments

Write Down Your Responses

-->