अंग प्रदर्शन रहर की बाध्यता

किशन गौतम

२९ फेब्रुवरी ,२०१६,कोरिया l
पछिल्लो समयमा नेपाली मोडेलहरुको चर्चामा आउने आफ्नै तरिका छ l कोहि आफ्नो अभिनय कलाबाट चर्चामा आउने गरेका छन् भने कसैले अभिनयका साथ अंग प्रदर्शनलाइ पनि बिसेष रुपमा लिने गरेका छन् l आफनो पहिचान बनाउनका लागि केहि मोडलहरु नग्न तस्बिर खिचेर चर्चामा आउने चलन बढीरहेको हामीले बजारमा देखीरहेका छौ । किन दीनानुदीन नेपाली गित संगित पर्ति बिकृती फैलिदै छ ? नेपाली मौलिक पन किन हराउदै छ ? के बजार को माग नै हो त ? यस्को जवाफ कस्ले दिन्छ ? कला संस्कृति जोगाउछ त अब कस्ले यो कुरा सबैले आफनो आफनो ठाउ बाट सोच्नै पर्छ । कि भने नेपाली गित संगितमा सेन्सर हुनू जरुरि छ l
खस्किदो संगित बजारमा नाम चर्चामा संङगै बिबादमा पनि छन केही महिला मोडलहरु l भनिन्छ गीत संगित एउटा संस्कृति हो गित संगित विना हामी अधुरो छौ कलाकार राष्ट्रको गहना हो । तर किन अर्को बाटोमा जादै छ सांगितीक बजार यसलाइ रोक्ने उपाय के छ त ?
पछिल्लो समयमा प्रबासी भूमिमा रही दुइ दर्जन भन्दा धेरै म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेकी सफल कलाकार तथा तथा निर्देशक आलिशा सिंहले पनि आफ्ना केहि तस्बिर हरु सार्बजनिक गरेकी छन् l पछिल्लो पटक पूजा मारियाको शब्द र अन्जु पन्तको स्वरमा रहेको जीवन साथि एल्बमको सुस्तरी सुस्तरी भन्ने बोलको म्युजिक भिडियोमा खुलेरै अंग प्रदर्शन गरेकी छन् l आफु मोडल भन्दा बढी निर्देशनमा जम्न चाहेको बताउने आलिशा कोरिया मै बसेर नेपाली गित संगितमा सर्मपित हुने र बिदेशमा भएपनि नेपाली मन तनका साथ गित संगित लाइ माया गर्ने बताउछिन ।
निर्देशन गर्न एकदमै गाह्रो छ तरपनि गर्न सक्नु पर्छ आफनो क्षमता अनुसार को काम गर्दै आएकी छू भोलीका दिनहरुमा कस्तो हून्छ त्यो कुरा पछी मात्र थाहा हुन्छ काम गर्दै जाउ जहा सम्म पूगिन्छ l नेपालकी छोरी आफनो देश भन्दा बाहिर अर्कैको ठाउमा काम गर्दै आफनो जन्मभुमि को लागी पनि केही गनुपर्छ भन्ने सोच अलिसा सिहँ संग छ ।
गित संगितमा बिसेष रुची राख्ने उनि मोडलिङ तथा निर्देशन फिल्डमा सफल कलाकार बन्ने आसाका साथ अगाडी पाइला लम्काउदै छिन अलिसा सिहँ l राम्रो कला इमान्दार साथ काम भथो भने अबस्य अगाडी बढन सकीन्छ भन्ने मनोबल छ उनमा र मोडलिङ साथै निर्देशनमा जम्न चाहान्छिन । उनि अगाडी भन्छिन छोटो कपडाले होइन छोटो मनले समाजमा बिकृति ल्याउछ l इज्जयत कपडामा होइन मान्छेको ब्याबहारमा हुन्छ l
उनि यो फोटो हलिउड तरिकाले सेशन गरेको बताउदै चर्चामा आउनु भन्दा पनि आफू राम्रो कथा बस्तुलाइ अगाडी बढाउने कोसीस गरेको बताउछिन l २७ बर्षीय उनी नेपाली सांगितिक बजार मा राम्रो चर्चा कमाउने सोचमा छन्
रहर कसको हुदैनर सफल मोडल र निर्देशक बन्ने प्रयास नै सफलता हो भन्ने उदेश्यले अगाडि बढेर प्रयास गरे एकदिन सफलता हासील गर्न सकिन्छ भन्ने भनाई उनको छ । गित संगित सबैको साझा चौतारी हो, यसलाई माया गर्नुपर्छ सबैको साथ सहयोग पाए एकदिन अबश्य सफलता पाइन्छ ।

, ,

0 comments

Write Down Your Responses

-->