कोरियामा दोर्दीखोला जलविद्युतको अग्राधिकार शेयरको आवेदन मार्च २६ सम्म संकलन गरिने

लिलु डुम्रे 
दोर्दीखोला जलविद्युत कम्पनीको अग्राधिकार शेयरको आवेदन मार्च महिनाको २६ तारिख सम्म संकलन गरिनेभएको छ।

मार्च 19 मा आयोजना गरिने ऊर्जा सम्मलेनलाई दृष्टिगत गर्दै शेयर लगानी समय बढाईएको आयोजनाले जनाएको छ। मार्च १९ आइतबार गरिने ऊर्जा लगानी सम्मलेनमा ऊर्जा मन्त्री जनार्दन शर्मा र उर्जा बिज्ञले संबोधन गर्ने कार्यक्रम छ। सोहि कार्यक्रममा सिइडीबी हाइड्रो परियोजना अन्तर्गत निर्माण सम्पन्न भएका, निर्माणाधीन ,निर्माण स्वीकृति प्राप्त गरेका आयोजना बारे बृस्तित जानकारी गराइने दोर्दीखोला एक परियोजनाले जनाएको छ। नेपाली दूतावास र एनआरएनए  कोरियाले गर्ने लगानी सम्मेंलनमा दोर्दीखोला हाइड्रो परियोजनाका संचालकले आयोजनाका बिषयमा जानकारी गराउने छन।
लमजुंगमा जुन महीना देखि निर्माण गरिने १२ मेगावाटको दोर्दीखोला हाइड्रोको कुल लागत दुइ अर्ब २९ करोड़ रहेको आयोजनाले स्पष्ट पारेको छ। मार्चको अन्तिमसम्मको लागि लगानी रकम डिपोजिटको समय बढाईएको आयोजनाले जानकारी दिएको छ। रकम डिपोजिट पश्चात ७.५ % बार्षिक ब्याजदर उपलब्ध गराइने आयोजनाले लगानीकर्तालाई आश्वस्त पारेको छ। स्वतः साधारण शेयरमा परिणत हुने अग्रअधिकार शेयर मार्फ़त बार्षिक १७% लाभांश उपलब्ध हुनेछ। तीन बर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको उक्त आयोजनाको लागि दक्षिण कोरियाबाट लगानी गर्न इच्छा देखाउने बढेकोले समय बढ़ाइएको आयोजनाले जानकारी गराएको छ।

0 comments

Write Down Your Responses

-->