कोरियामा नयाँ शक्ति द्वारा हालसम्मको आर्थिक विवरण सार्बजनिक,

-राजु श्री-
 परदर्शितालाइ प्रमुख प्रथामिकतामा राख्ने संगठनको प्रतिबद्दता

अन्तर्राष्ट्रिय नेपाली समाज (INS ) कोरियाले आफ्नो आय ब्यय सहितको आर्थिक विवरण सार्बजनिक गरेको छ । १७ अप्रिल २०१६ मा आइ.एन.एस.कोरियाको प्रथम बैठक देखि भएका सम्पुर्ण आर्थिक गतिबिधिहरु हरुलाइ सर्बजनिक गरिएको पुर्ब आर्थिक बिभाग प्रमुख पेम साङ्बो शेर्पाले बताए ।

सेप्टेम्बर १६ तारिकमा भएको भब्य कार्यक्रम पश्चात् पनि INS कोरियाले आफ्नो आर्थिक विवरण मिडिया मार्फत नै सार्बजनिक गरेको बताउदै शेर्पाले भने,’कोरियामा सयौ राजनितिक तथा मनोरन्जनात्मक कार्यक्रम हरु हुने गर्दछन।तर एकाध बाहेक कसैले पनि आर्थिक पारदर्शिता गरेको पाइएको छैन ।नयाँ शक्तिले कुनै पनि ठुला कार्यक्रम गरे पछि अर्थिक विवरण सार्बजनिक गर्ने नजिर बसाएको छ ।र निरन्तर हुनेछ ।”
INS कोरियाले जनवरी २९ तारिकमा आफ्नो प्रथम अधिबेशन सम्पन्न गरेको थियो ।अधिबेशनबाट चुनिएको नयाँ कार्यसमितिको आउने प्रथम बैठकमा बिधिवत रुपमा नयाँ आर्थिक बिभाग समक्ष आफ्नो लेखा हस्तान्तरण गर्ने समेत शेर्पाले बताए।
नयाँ शक्तिले ५ “स” संगै पारदर्शितालाई पनि मुख्य बिषयमा राखेकोले अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरिया पारदर्शितामा सधै प्रतिबद्ध रहने बताउदै अध्यक्ष रमेश उप्रेतिले भने,’कोरियाका संघसंगठनमा आर्थिक पारदर्शिता नभएको भन्ने चौतर्फी गुनासो सुनिदै आएकोमा INS कोरियाले त्यो बाताबरण कदापी नबनाउदै कुनै पनि ठुला कार्यक्रम पश्चात् मिडिया मार्फत सबै हिसाब किताब सार्बजनिक गर्ने कुरा दोहोर्‍याए ।
अन्तराष्ट्रीय नेपाली समाज(INS), दक्षिण कोरियाको १०१६-०४-१७ देखि २०१७-०१-१९ गते सम्मको आयव्यय विवरण यसप्रकार रहेको छ । ​
१. आम्दानी तथा खर्च कोरियन वनमा

* सचिवालय सदस्य/परिषद सदस्यहरु बाट       २३,७२,०००/-
* क्षेत्र/उप-क्षेत्रीय सदस्यहरु बाट-    ८,६९,८००/-
* सदस्यता शुल्क/पुस्तकहरू बिक्री     ११,४६,०००/-
* पार्टी घोषणा सभा/के.कार्यलय ब्यवस्थापन      १३,७०,०००/-
* ब्यवसाहीहरू बाट प्राप्त स्वैच्छिक सहयोग         २,००,०००/-
* खुल्ला तथा आन्तरिक प्रशिक्षण कार्यक्रम सेप्टेम्बर १५/१६   १,१०,३५,११०/-
*प्रथम अधिवेशन को लागि संकलित            ६,२०,०००/-
*प्रथम अधिबेशन पदाधिकारी उम्मेद्धारी संकलित शुल्क  २०,१०,०००/-

* जम्मा आम्दानी –     १,९६,२२,९१० /-

* खर्च सदस्यता शुल्क –  १६,९४,०००/-
* विभिन्न संघ संस्थाहरू/पिडित बिरामीहरूला               सहयोग- १५,३४,०००/-
* प्रचार प्रसार खर्च –      ७,८७,०००/-
* हल व्यवस्थापन खर्च –  १६,४६,००० /-
* अतिथि तथा  यातायात खर्च  ५२,७५,६१२/-
* स्वयंसेवक खर्च –         ६,४०,०००/-
* खाना खर्च –                १४,५७,२५०/-
* विविध खर्च –               २२,९७,५५८/-

२.जम्मा खर्च                   १,५३,३१,४२०/-

# हालसम्म जम्मा बचत (क-ख)  – ४२,९१,४९०/-

अन्तराष्ट्रिय नेपाली समाज – दक्षिण कोरिया आर्थिक विभाग प्रमुख – पेम साङबो शेर्पा उपसमिति सदस्यहरू : डोलू आले मगर अन्जलि पौडेल रमेश अधिकारी प्रमिला सिंखडा ” आर्थिक पारदर्शिता र जवाबदेही नयाँ शक्तिको मुख्य पहिचहान हामी हृदय देखिनै आत्मसात गर्दछौँ” माथी उल्लेखित विवरण अनुसार INS कोरियामा ४२,९१,४९० कोरियन वन रहेको छ ।

0 comments

Write Down Your Responses

-->