कोरियामा ठुलो धनराशि पुरस्कारको प्रथम डेउ कप फुटबल प्रतियोगिता हुने

अशोक पोख्रेल ,बुसान, 
दक्षिण कोरीयामा नै सबै भन्दा ठुलो धन राशी, पैंतीस लाख वन प्रथम पुरस्कार राखीएको फुटबल प्रतियोगिता हुने भएको छ । कोरियाको गजेदो क्षेत्रमा परिचित डेउ नेपाली एकता समाजले लुम्बिनी रेष्टुरेन्ट एण्ड बारको मुख्य प्रायोजनमा यो प्रतियोगिता गर्न लागेको हो ।

करीब १००० जना नेपालीहरु कार्यरत रहेको “डेउ सिप विल्डिङ एण्ड मेरिन ईन्जिनियरिङ कम्पनी” यती धेरै नेपालीहरु रहेको कोरिया कै ठुला कम्पनीहरु मध्ये एउटा हो भने यहाँ कार्यरत नेपालीहरुको साझा संस्था डेउ “नेपाली एकता समाज ” हो । आफ्नो स्थापना काल देखी नै विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरुमा सक्रिय हुँदै आएको यो संस्थाको बेग्लै परिचय रहेको छ ।
यस्तै आफ्ना विभिन्न कार्यक्रमहरु अन्तर्गत हुनलागेको यो फुटबल प्रतियोगिता “हाम्रो चाहना प्रवासी एकता र आपसी सद्धभावनाको कामना ” भन्ने मुल नाराका साथ हुनलागेको जानकारी गराएको छ । शान्त, मित-ब्ययी,अनुशासन र स्वास्थ्य नै खेलाडीको परिचय अनि खेलको महत्व हो भन्ने मान्यतालाई आत्मासाथ गर्दै “प्रथम डेउ फुटबल प्रतियोगिता २०१७ ” को आयोजना शुरु गरिएको आयोजकले वताएको छ ।
डेउ नजिकै रहेको आजु उन्दोङजाङ नाममुनको एक सुविधा सम्पन्न ठाउँमा हुनगइरहेको यो प्रतियोगिता नकआउट नियम पद्धति बाट खेलाईने छ भने खेलहरु २०१७ एप्रिल ३० तारीक आइतबार विहान बाट शुरु गरिने जानकारी छ । प्रथम पुरस्कार ३५ लाख वनको ठुलो धनराशि राखिएको छ साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकीपर अनी सर्वाधिक गोल कर्तालाई आकर्षक पुरस्कारको साथमा कप, मेडल र प्रमाण पत्र प्रदान गरिने पनी खेल संयोजक योगेन राईले बताउनुभएको छ ।
त्यस्तै गरेर द्धितिय पुरस्कार २० लाख वन साथै तृतीय पुरस्कार पनी आकर्षक रहेको बुझीएको छ । यस प्रतियोगीतामा सहभागी हुन चाहने कुनै पनी फुटबल टिमले मार्च १५ बाट एप्रिल १५ सम्म टिम दर्ता गर्नुपर्ने भएको छ । सहभागी टिमहरुको टाईसिट एप्रिल १६ मा निकालिने र जसको सम्पुर्ण जानकारी अर्को सूचना सार्वजनिक गरेर दिईने पनी बताईएको छ । सभ्य र भब्य तरीकाले हुनगइरहेको यस प्रतियोगीतामा उपस्थित भई भरपुर्ण मनोरन्जन लिनुहुन खेल प्रेमी,शुभचिन्तक लगायत सम्पुर्ण नेपालीहरुमा डेउ नेपाली एकता समाजका अध्यक्ष अंशुवर्मा लिम्बुले हार्दीक अनुरोध पनी गर्नुभएको छ ।
यो प्रतियोगिताको बारेमा थप जानकारी लिनको लागी खेल संयोजक योगेन राई ( 01042963550), साथै डेउ नेपाली एकता समाजका अध्यक्ष अंश्वर्मा लिम्बु 01059635373) संग सम्पर्क गर्न सकिने आयोजकले बताएकोछ । काम गरेको थकान मेटाउन साथै शारिरीक र मानसिक रुपमा तन्दुरुस्त रहन पनी जुनसुकै खेलको अति नै आबश्यकता हुन्छ झन फुटबलको त महत्त्व नै बेग्लै हुन्छ । यस्ता प्रतियोगीताहरु बेला-बेलामा भईरहनुपर्द छ भने भुलेर पनी हामी सबैले छुटाउन नै नहुने देखीन्छ। यो प्रतियोगिता भब्य अनि सभ्य तरीकाले सम्पन्न होस, सबैको साथ मिलोस, आयोजकलाई अग्रिम शुभ~ कामना ।

,

0 comments

Write Down Your Responses

-->