कोरियामा बाचन प्रविन पण्डित दिनबन्धु पोखरेल आउदै, तनाव व्यवस्थापन तथा आध्यात्मिक प्रबचन हुने

एनआरएन कोरिया को बिशेष पहल मा कोरियामा रहेको विभिन्न संघ सस्थाहरुको सहकार्य र सहभागितामा एक दिने आत्मशान्ति तथा मानसिक तनाव व्यवस्थापन साथमा आध्यात्मिक प्रबचन कार्यक्रम आयोजना गरिएको छ l
 कोरियामा अहिले भैरहेको बिभिन्न प्रकारको मानविय घटनालाई मध्यनजर गर्दै यहाँ समस्यामा रहेका नेपालीहरुको मानसिक शान्तिको निम्ति यस प्रकारको तनाब ब्यबस्थापन तथा आध्यात्मिक चिन्तन कार्यक्रम तय गरिएको हो l
सो आयोजित कार्यक्रममा कोरियामा आम नेपालीहरु बीचमा सद्भावना कायम, बढ्दो नेपालीहरुको आत्महत्या रोकथाम बारेमा साथै बिभिन्न दुर्घटना बाट कसरी आत्मसंयमित भएर सन्तुलित जीबनयापन गर्ने लगाएत विविध बिषयमा प्रबचन केन्द्रित रहने बताईएको छ l
कोरियामा रहनुहुने सम्पूर्ण नेपाली संघ सस्थाहरु, ब्यबसायी,बुद्धिजीवी,पत्रकार
विधार्थी लगाएत बिभिन्न पेसाकर्मी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै जानकारी मार्फत उपस्थितिको लागी हार्दिक अनुरोध गरिएको छ l
कार्यक्रम सम्बन्धी विवरण :
कार्यक्रम : मानसिक तनाव ब्यबस्थापन साथमा आध्यात्मिक प्रबचन ,
मिति : जुन 5 आईतबार ,२०१६
समय : मध्यान्ह १२ बजे देखी ,
स्थान :जुड़गु कुमिन विल्डिड़ (एन आर एन कोरियाको अधिवेशन भएको हल)

0 comments

Write Down Your Responses

-->