दर्जन कलाकार सगै भ्वाइस अफ नेपाल सांगीतिक धमाका तिब्र

राजकुमार गिरी ९ जनवरी २०२० ,कोरिया। भक्तपुर समाज दक्षिण कोरिया को पहिलो प्रस्तुती द भ्वाइस अफ नेपाल २ लाइभ इन कोरिया को प्रचारप्रसार तिब्र गतिमा अगि बढिरहेको छ   एन सिसि  को अधिबेसन बाट सुरु भएको प्रचारप्रसार टोपि दिबस हुँदै सौल, इन्छ्न फाजु पोछ्न उइजम्बु सुवन फ्यन्टेक थेगु बुसान किम्हे लागएत सम्पुर्ण ठाउँबाट प्रचारप्रसार तिब्र गतिमा अगाडि बढीरहेको छ  आगामी रमाइलो नया बर्ष सलनाल पर्बको सुअवसरमा  कोरियामा हुने यस चर्चित लोकप्रिय कार्यक्रम भ्वाइस  अफ नेपालको बिजेताहरुको प्रस्तुतिमा रम्न ,झुम्न यहाका नेपालीहरु आतुर रहेका र अत्यधिक आकर्षण रहेको बिभिन्न सामाजिक संजाल र माहोल बाट बुझ्न सकिन्छ   
द भ्वाइस अफ नेपाल २ लाइभ कोरियामा राम लिम्बुका साथमा अन्य चर्चित समावेशी कलाकारहरुको साथमा कोरियामा  भ्वाइस अफ नेपाल २ सांगीतिक धमाका आयोजना हुदै छ  विश्वस्तरीय कन्सर्ट हलमा आयोजना हुने कार्यक्रममा कोरियाबासी नेपालीहरुको गरिमामय उपस्थितिको लागि भक्तपुर समाज द्वारा हार्दिक निमन्त्रणा गरिएको छ।कार्यक्रममा पुर्बबाट राम लिम्बू ,सुदूरपश्चिम बाट लोकदोहोरी तथा देउडा गायक उमाशङ्खर जोशी, पश्चिमबाट चर्चित भाइरल मोडल गायक दुर्गेश थापा, राप्ती बाट चर्चित लोक दोहोरी गायिका भुमिका गिरि र सिराह बाट आरिफ रौफ छन्  त्यसैगरी  भ्याली बाट बाट सनिश श्रेष्ठ, चितवन बाट चर्चित डान्सर अलिशा सर्मा र क्लासिकल डान्सर सीता सुबेदि साथमा भारत को दार्जिलिङ बाट भ्वाइस अफ नेपालकी रकिङ्ग स्टार याङ्की याल्मो लगायत नभिन नापित ,सोम बूढा सगै नेपाली स्थानीय कलाकारहरुको जोडदार प्रस्तुतिहरु रहनेछन।शुशील नेपाल को रमाइलो उद्घोषण होस्ट मा कार्यक्रम थप रोमान्चक हुने बताईएको छ   कन्कुक विश्वविद्यालय( konkuk university station (건대입구 ) प्रवेशद्वार स्टेसनको २ नं गेटबाट ५०मिटर अगाडि रहेको New Millennium Hall (세천년관) मा सम्पुर्ण नेपाल झल्कने सांगीतिक कार्यक्रममा उल्लासमय उपस्थितिको लागि अध्यक्ष रमेश गिरीले हार्दिक अनुरोध गरेका छन् । कार्यक्रम दिनको १  बजे बाट सुरु हुनेछ भने कार्यक्रम स्थलसम्म जान दोङ्देमुन ३ न गेट अगाडि बाट निशुल्क बसको ब्यबस्था पनि गरिनेछ ।संगित र नृत्यका सम्पूर्ण विधाका समावेशी कलाकारहरुको प्रस्तुति रहेको  आयोजकले जनाएका छन् 

0 comments

Write Down Your Responses

-->