कास्की परिवार कोरियाद्वारा सलनाल भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न


कोरियन नयाँ वर्ष सलनाल विदाको अवसर पारेर गत जनवरी २५ का दिन कास्की परिवार दक्षिण कोरियाले भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। राजधानी सउल स्थित स्वयम्भु रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रम संस्थाका बरिष्ठ उपाध्यक्ष पुरन गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम संस्थाकी उपाध्यक्ष आरती ह्योल्मोको शुभकामना मन्तव्य सँगसगै शुरू गरिएको थियो भने सल्लाहकारहरू चुडामणी अधिकारी, विमल सुवेदी( महासचिव NRNA) र संरक्षक खोम प्रसाद गुरूङले मन्तव्य राख्नु भएको थियो। यसै बिचमा उपस्थित सम्पुर्ण कस्केलीहरूको बिचमा परिचयात्मक कार्यक्रम गरिएको थियो। त्यस्तै नेपाली राजदुताबास दक्षिण कोरियाका श्रम कन्सुलर श्री डिल्लीराम बास्तोला (कास्की)लाइ आफ्नो कार्यकाल पुरा गरि स्वदेश प्रस्थान गर्न लाग्नुभएकोले संस्थाबाट उहाँले दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरूको हितमा पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान स्वरूप सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान तथा बिदाइ गरिएको थियो। मुस्ताङ परिवारको सांगितीक कार्यक्रमको लागि आमन्त्रित पोखरेली चर्चित कलाकार बिनोद बानियालाइ पनि भेटघाट तथा सम्मान गरिएको थियो।
विशेष गरी राजधानी बाहिर कार्यरत कस्केलीहरूलाइ समेट्ने उदेश्यले आयोजित उक्त कार्यक्रमको संचालन बिनोद दाहालले गरेका थिए l व्यस्त समयको बाद्जुद उपस्थित सम्पुर्णलाइ धन्यवाद ज्ञापन गर्दै कार्यवाहक अध्यक्ष पुरन गुरूङले कार्यक्रमको समापन गर्नुभएको थियो।
-प्रकाशित मिति: २८ जनवरी २०२० कोरिया l


,

0 comments

Write Down Your Responses

-->