सिन्धुपाल्चोक समाज कोरियाको अध्यक्षमा नवीन श्रेष्ठ

सिन्धुपाल्चोक समाज, कोरियाको तेस्रो अधिबेशन सम्पन्न अध्यक्षमा नवीन श्रेष्ठ चयन
सिन्धुबासीहरुको सुख दु:खको साथी सिन्धुपाल्चोक समाज,दक्षिण कोरियाको अध्यक्षमा नवीन श्रेष्ठ चयन भएका छन । दक्षिण कोरियाको राजधानी सियोल नजिकै सङसुको हानपास सभाहलमा सम्पन्न तेस्रो अधिबेशनले आगामी नयाँ कार्यकालका लागि नवीन श्रेष्ठ अध्यक्ष रहने गरी नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिपक बन्जरा,उपाध्यक्ष बेदनाथ आचार्य, राज लोप्चन तमाङ र यादव दंगाल , सचिवमा उत्सव खडका , सह-सचिवमा उत्तम खनाल र बिशाल श्रेष्ठ, कोषाध्यक्षमा नवराज पाण्डे, सह-कोषाध्यक्षमा फुर्वा शेर्पा चयन भएका छन । त्यस्तै गरी सदस्यहरुमा कर्साङ लामा ,जयराम कोइराला,बसन्त थापा,उर्मिला सिंह ,दोर्जे शेर्पा,राजेन्द्र पौडेल,आकृति अधिकारी,पशुपति भण्डारी,राजेश पराजुली,भुवन दाहाल र कुमार नेपाल गरी २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
सिन्धुपाल्चोक समाज , दक्षिण कोरियाको अध्यक्ष संन्जीव भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाको संरक्षक तथा हानपास रेमिटेन्सका म्यानेन्जर केपी चौलागाईको प्रमुख आतिथ्यता रहेको थियो ।
संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सचिव नवीन श्रेष्ठले सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाले कोरियाबाट सिन्धुपाल्चोकमा मात्रै नभएर देशै भरि सिन्धुपाल्चोक समाजले सामाजिक क्षेत्रमा योगदान पुर्याएर उल्लेखनीय कार्य सम्पादन गर्दै सँस्था कद उच्च राख्न सफल भएको स्मरण गर्नु भएको थियो ।
अधिबेशनमा सह-कोषाध्यक्ष बेदनाथ आचार्य ले अढाई करोड वनको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । गत छुसकमा संस्थाले रामेछाप सम्पर्क समिती र दोलखाली समाजसंग मिलेर गरेको मंगोलियन हर्ट कन्सर्टबाट प्राप्त मुनाफा मध्ये एक करोड पचास लाख भन्दा बढी जिल्लामा सँस्था दर्ता गरेर दिर्घकालीन शैक्षिक अक्षयकोष निर्माण गर्ने र बार्षिक ब्याजबाट आर्थिक अबस्था कमजोर भएका सिन्धुपाल्चोकको दुर्गम भेगको बालबालिकाहरुलाई छात्रबृद्दि प्रदान गर्ने भएको छ । कार्यक्रमबाट आएको मुनाफा ब्यबस्थित पारादर्शी बनाउने
प्रतिबद्द प्रकट गरिएको छ ।समाजले शिक्षा, स्वास्थ्य ,खेलकुद र सांस्कृतिक क्षेत्रमा जिल्लाको अलवा बिभिन्न ठाँउमा सहयोग पुर्याउदै आएको छ ।




0 comments

Write Down Your Responses

-->