अमेरिकामा विश्वका अवैधानिक १ करोड १३ लाख बढी .......

कृष्ण पुरी , नमस्ते नेपाल कोरिया l
आइतबार ,२३ नोभेम्बर, २०१४
-अमेरिकामा कुन- कुन देशका कति कति परे
सयुक्त राज्य अमेरिका एक बिकसित र शक्तिशाली देशको रुपमा विश्वमा परिचित छ l यहाको समुन्नत बिकास, विभिन्न बैज्ञानिक प्रबिधि, प्रणाली तथा अन्य मुलुकबाट गएका उच्च जनशक्तिको प्रभाब आदि कारणले नै यो सबै सम्भब भएको हो l

अमेरिका एक बिशाल भूभागको दाजोमा त्यहाको जनसंख्या कम हुनु , उच्च बैज्ञानिक प्रबिधिहरुको अवसर, बिकास, साथै दक्ष जनशक्ति खपत गरि लाभ लिन सक्ने देश भएकाले त्यहाँ हरेक बिदेशीहरु लोभिएका छन् l

अमेरिकामा भर्खरै थिंक ट्यांक प्यु रिसर्च सेन्टरले गरेको एक तथ्यांकअनुसार १ करोड १३  लाख बढी आप्रबाशी नागरिकहरु त्यहाँ अबैधानिक  रहेको घोषणा गरेको छ l रास्ट्रपति बाराक ओबामाले हालै सम्बोधन गरेको बक्तब्य अनुसार र त्यहाको कंग्रेस ससद ले पारित गरेको बिधान अनुसार  ५ वर्ष बसोबास नाघेको निश्चित केहि सर्तहरु लागु गरि पुरा गरेका करिब  ५० लाख अबैध आप्रबाशीहरुलाई स्थायी प्रक्रियामा रुपान्तरण गर्ने जनाएका छन् l जस प्रक्रिया अन्तर्गत ५ वर्ष नाघ्नुका साथै कम्तिमा एउटा सन्तान त्यहि जन्मेको, अपराध रेकर्ड नरहेको, कर तिरेको आदि कुराहरु समाबेस छन् l अमेरिकी प्रशाशनको आँकलन अनुसार झन्डै  ४१ लाख जति यो प्रक्रियामा सक्षम हुने बताइएको छ l

 अवैधानिक युवा आप्रवासीहरुलाई अस्थायी बसोबासका लागि पनि कार्ड प्रदान गर्ने तयारी भईरहेको र त्यस अन्तर्गत झन्डै ३ लाख ले अवसर पाउने जनाइएको छ l उक्त घोषणामा १६ वर्ष उमेर नपुग्दै सन् २०१० को जनवरी १ अघि  प्रवेश गरी कम्तिमा ५ वर्ष अमेरिका बसोबास गरेका युवाहरुलाई अस्थायी बसोबास अनुमति दिने कुरा उल्लेख छ l

अमेरिकाको कुल जनसंख्या मध्ये अबैध आप्रबाशी दर ३.५ % रहेको छ भने २०१२ मा ५.१% रहेको थियो l उक्त तथ्यांकअनुसार एसियन देश दक्षिण कोरियालीहरु पनि झन्डै १ लाख ८० हजार जति अबैध रहेको जनाएको छ l त्यस्तै गरि इन्डियन हरु , चिनिया , फिलिपिनी हरु पनि धेरै रहेका छन् भने १ लाख भन्दा कम अर्थात   नेपाल लगाएत अन्य देशहरुका अवैधानिक संख्या  तुलनात्मक रुपमा   ज्यादै न्युन देखिएकाले उक्त रिसर्च तालिकामा प्रत्यक्ष उल्लेख गरिएको छैन
अमेरिकाले हरेक वर्ष नेपाल लगाएत अन्य केहि सिमित देशहरुबाट समेत इलेक्ट्रोनिक डाईभर्सिटी प्रणाली अन्तर्गत नेपालका शिक्षित उच्च जनशक्ति आकर्षण गरि लगिराखेको छ l
त्यहाँ धेरै अबैध आप्रबाशीहरु मध्ये झन्डै आधा भाग जसो मेक्सिकन रहेका छन् भने त्यसपछि धेरै रहनेमा  स्लेभाड़ोर, ग्वाटेमाला परेका छन् l

देश                                     अवैधानिक अनुमानित संख्या
मेक्सिको                                    ५८ लाख ५० हजार
एस्लेभाडोर                                   ६ लाख ७५ हजार
ग्वाटेमाला                                     ५ लाख २५ हजार
भारत                                           ४ लाख ५० हजार
होन्दुरस                                        ३ लाख ५० हजार
चिन                                             ३ लाख                                    
फिलिपिन                                      २ लाख
दक्षिण कोरिया                                १ लाख ८० हजार
कोलम्बिया                                    १ लाख ५० हजार
एक्वेटर                                         १ लाख ३० हजार
क्यानाडा                                       १ लाख २० हजार
पेरु                                               १ लाख २० हजार
हाइटी                                           १ लाख १० हजार
ब्राजिल                                         १ लाख
जमैका                                          १ लाख                                  

नोट ;- अमेरिकामा  १ लाख भन्दा बढी  अवैधानिक रहेका देशका  आप्रवासी नागरिकहरु मात्र  सन् २०१२ को तथ्यांकअनुसार उक्त प्यु रिसर्चमा प्रत्यक्ष उल्लेख गरिएअनुसार  यहाँ  उपलब्ध गरिएको छ l

0 comments

Write Down Your Responses

-->