मोक्पो साम्हो साझा चौतारीमा दशैं यसरी मनाईयो

मस्ते नेपाल कोरिया २२ अक्टोबर २०१८ कोरिया l
नेपाली हरु को महान चाड विजया दशमी को अवसर पारी मोक्पो साम्हो साझा चौतारी नेपाल मोक्पो द्वारा आयोजित मोक्पोमा दशैँ धमाका साथै साङ्गितिक कार्यक्रम सम्पन्न भएको छ । सस्था का अध्यक्ष सुन्दर सुवेदी को सभापतित्व र नेपाली सम्पर्क समिती अध्यक्ष अन्जु के सि को प्रमुख अतिथी साथै एम टि यु अध्यक्ष उदय राइ को बिशिस्ट अतिथिमा सन्चालित औपचारिक कार्यक्रममा कोरियामा अवस्थित अर्घाखाँची सम्पर्क समिती ,सुन्छन नेपाली समाज,ख्वाङ्जु सामुदायिक समिती,एन आर एन ख्वाङ्जु साखा लगाएतका सस्था हरुका अध्यक्ष हरु को आतिथ्यमा कार्यक्रम सन्चालन भएको थियो ।दिप प्रज्वलन गरि सुरु गरिएको औपचारिक कार्यक्रम को सुभकामना तथा स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष एस के रायमाझी ले गर्नु भयो । मन्तव्य कै क्रम मा एम टि यु अध्यक्ष उदय राई ले सस्था को प्रत्यक वर्ष मलाई यो सस्थाको मया ले तानी रहेको र सस्था र नेपाली दाजु भाइ दिदी बहिनी को समस्या को निम्ति आफू ले सक्दो सहयोग गर्ने वचन दिदै वडा दशैको सुभकामना दिनु भयो ।कर्यक्रमको प्रमुख अतिथी अन्जु के सि ले मोक्पो साम्हो साझ चौतारि सस्था कोरिया कै मज्बुत र सहयोगी सस्था को दशै कार्यक्रम मा उपस्थित भयर शुभकामना अदान प्रदान गर्न पाउँदा आफू अत्यन्त खुसी भयको ब्याक्त गर्दै मोक्पो साम्हो साझ चौतारी को हरेक कार्यक्रम र अभियान हरु मा ब्याक्तीगत तर्फ र एन सि सि को तर्फ वाट सक्दो सहयोग गर्ने वचन व्यक्त गर्नु भयो ।नेपालको हरेक चाड पर्व हरु मनाउदै आइरहेको मोक्पो साम्हो साझा चौतारीमा कुनै जात धर्म सस्कार सस्कृती भौगोलिक विभेद ,जाती वादी, गुट उपगुट रहित राज्निती रहित नेपाल र नेपाली को स्वतन्त्र सस्था रहेको अवगत गराउदै उपस्थित अतिथी लगाएत दर्शक माझ सुभाकामना सहित धन्यवाद दिदै कार्यक्रम का सभापति सुन्दर सुवेदी ले औपचारिक कार्यक्रम समापन गर्नु भयो । औपचारिक कार्यक्रम सस्थाका महासचिव विधान तामाङ ले सन्चालन गर्नु भयो । औपचारिक कार्यक्रम सकिएलगतै टिका जामरा लगाउने कार्यक्रम सुभारम्भ भएको थियो रातो र सेतो दुवै टिका आफ्नो परम्परा अनुसार को अतिथी को हात वाट सम्पुर्न नेपाली दाजु भाइ दिदी वहिनीहरु ले टीका ग्रहण गर्नु भएको थियो ।नेपाली परिकार को साथ मा रमाउदै सम्पुर्ण दर्शक को मन मुटुमा वस्न सफल कोरियामा चर्चा बटुल्न सफल गाइका रमिला गौतम र सुमन चापागाईंले दर्शक लाई आफ्नो प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिलाउन सफल हुनु भयो । कोरिया देखि अन्य देश हरु मा चर्चा बटुल्न सफल सस्था का सल्लाहकार साथै चर्चित गाएक दावा लामा को प्रस्तुती कै क्रममा 100औ दर्शकको माझ मा जन्म दिन को केक काटेर जन्मोत्सव मनाइएको थियो । सस्था का सल्लाहकार सन्जय तितुङ ले साङ्गितिक कार्यक्रम को सन्चालन गर्नु भएको थियो । दशै कार्यक्रम भब्य र सब्य तवरले सम्पन्न गर्न का निमित्त सस्था का संरक्षक ,सल्लाहकार ,सम्योजक, खेल सम्योजक , सस्थाका पदाधिकारी ,मोक्पो एफ सि र मोक्पो भि सि का खेलाडीहरु लगाएत सम्पुर्ण सहयोगि हात हरु मा मोक्पो साम्हो साझा चौतारी हार्दिक अभार प्रकटगर्दै यहा हरु को साथ हौसला र प्रेरणाले नै आज कार्यक्रम सफल भएको मा अवगत गराउदै आगामी दिनका कार्यक्रम हरु मा पनि यसरी नै साथ हौसला र प्रेरणा दिनु हुने छ भन्ने आशा व्यक्त गरिएको छ l







,

0 comments

Write Down Your Responses

-->