कास्की परीवार द्वारा दशैँ शुभकामना साँझ सम्पन्न

कृष्ण पुरी २२ अक्टोबर,२०१८ दक्षिण कोरियाlकास्की परिवार द्वारा बिजयादशमीको शुभकामना आदानप्रदान सगै बिशेष संमान तथा सास्कृतीक साँझ कार्यक्रम सम्पन्न :
भिडियो हरु :

संगठित समुह नै प्रबाश को साहारा हो भन्ने मुल भावना अंगाल्दै बिगत लामो समय देखि कोरियामा अगाडि बढिरहेको एक क्रियाशील सामाजिक सस्था कास्की परिवार दक्षिण कोरियाले बिजयादशमीको शुभकामना आदान प्रदान सहित बिशेष संमान तथा सास्कृतीक कार्यक्रम रात्रीभोजको मनोरंजन भव्यताका साथ सम्पन्न गरेको छ l नेपालीहरुको महान पर्ब बिजया -दशमी २०७५ को अवसर पारेर गत अक्टोबर २० तारिख शनिबार बेलुका तोंगदेमुन स्थित मोयोरा लाईभ हलमा उल्लासमय बाताबरणमा सम्पन्न भएको हो l कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष सुरज मान गुरुङको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास श्रम काउन्सेलर डिल्लीराम बास्तोला बाट टिका जमरा ,बिशेष अतिथि एन आर एन अध्यक्ष लक्ष्मी लामा गुरुङ साथै अतिथिहरुमा एन सिसि अध्यक्ष अन्जु केसी,एसिया प्यासिफिक उप सयोजक जुनु गुरुङ , तमुधीका अध्यक्ष जित गुरुङ , पाच स का अध्यक्ष यम सापकोटा, लगाएत बिभिन्न संघ सस्था प्रतिनिधि महानुभावहरुको उपस्थितिमा शुभकामना साँझ सम्पन्न भएको थियो l सस्थाका बरिस्ठ उपाध्यक्ष सन्तोष तिमिल्सिनाको स्वागत मन्तब्य सहित उपस्थित अतिथिहरुको शुभकामना आदानप्रदान, बिभिन्न कलाकारहरुको प्रस्तुतिहरु नृत्यहरु रहेको थियो l
कार्यक्रम औपचारिक समापनको क्रममा बोल्दै कास्की परिवारका अध्यक्ष सुरज गुरुङ ले उपस्थित बिभिन्न संघ सस्था महानुभावहरुलाई आभार व्यक्त गर्दै सबै कास्की बासीहरुको उल्लेख्य सहयोग साथमा कार्यक्रम सफल रुपमा सम्पन्न भएकोले अझै निरन्तर सबैको साथमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो l कार्यक्रमको संचालन संस्थाका सचिब पुरन गुरुङले गर्नुभएको थियो l
दशैको उक्त अवसरमा रातभर सांगीतिक बाताबरणमा दशैँका परिकारहरुको स्वाद सगै नाचगानमा रमाएका थिए l सास्कृतिक कार्यक्रममा नेपाली कलाकार तथा गायकहरु रमिला गौतम, कृष्ण पाण्डे क्षेत्री ,सुमन चापागाईं पुरन गुरुङ सगै बच्चन गुरुङ ललितकलाका कलाकारहरु द्वारा सुमधुर गीत संगीत ले सबै लाई बिहान सम्म नाच गानमा झुमाएर बाधेको थियो l



,

0 comments

Write Down Your Responses

-->