एनसीसी रजत जयन्तीका अतिथिसग कास्की परिवार भेटघाट सम्पन्न

कृष्ण पुरी ,२६ नोभेम्बर २०१८ कोरिया l कास्की परीवार दक्षिण कोरियाले नेपालबाट पाल्नुभएका कास्केली अतिथिहरु सग यही गत नोभेम्बर २४ तारिख शनिबारका दिन तोङ्देमुन स्थित पुजा रेष्टुरेन्टमा एक भेटघाट तथा छलफल परिचयात्मक कार्यक्रमको आयोजना सम्पन्न गरेको छ l नेपाली सम्पर्क समिति दक्षिण कोरिया( NCC)को पच्चीसौँ रजत जयन्ती समारोहको लागि नेपाल देखि अतिथीको रुपमा आउनु भएका संस्थापक सदस्यहरुलाइ स्वागत,सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो । अतिथिहरुमा निरज थापा (कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल च्याटरकाे संयाेजक,रामहरि गुरुङ (पूर्व अध्यक्ष नेपाली सम्पर्क समिति दक्षिण काेरिया),किस्मत श्रेष्ठ (पूर्व अध्यक्ष नेपाली सम्पर्क समिति दक्षिण काेरिया लगाएत कृष्ण अधिकारी ,उमाकान्त पराजुली ,शशि खनिया ,राजु मुनिकार ,मिना थापा ,रश्मि श्रेष्ठ, ज्ञानु पराजुली उपस्थित हुनुभएको थियो l उक्त कार्यक्रममा परिवारको तर्फबाट अध्यक्ष सुरज गुरुङ,संरक्षक खोम प्रसाद गुरुङ,बरिस्ठ सल्लाहकार दिल ब.जलारी (पासा), एनआरएन अध्यक्ष तथा सल्लाहकार लक्ष्मी गुरुङ, सल्लाहकार बिबुर गुरुङ,कुल ब. गुरुङ,दल ब. गुरुङ,ममीता गुरुङ लगायत कार्यसमितिका पदाधिकारीहरु गोलमान गुरुङ (उपाध्यक्ष )पुरन गुरुङ (सचिव),नन्द जंङ गुरुङ (सह-सचिव),राजश्रेष्ठ (कोषाध्यक्ष) लगाएत कस्केलीहरुको उल्लेख्य उपस्थितिमा सो कार्यक्रम उपलब्धिमूलक रहेको थियो ।कार्यक्रममा अतिथिहरुलाइ संस्थागत रूपमा स्वागत गरिसकेपछि परिचय सहितको शुरूवात सँगै कास्की समाजसँग सरोकार राख्ने विभिन्न विषयहरुमा छलफल गरीएको थियो l छलफल कार्यक्रम अन्त्यमा मिष्ठान्न रात्री भोज सहित समापन भएको थियो ।




,

0 comments

Write Down Your Responses

-->