प्याराग्लाइडिङ खेलाडीहरु कोरियामा सम्मानित

कृष्ण पुरी: २७ अक्टोबर २०१८ ,कोरिया l दक्षिण कोरियाको गोछांगमा हालै अक्टोबर १७ देखि २१ सम्म सम्पन्न २०१८ प्रि प्याराग्लाइडिङ वर्ल्ड कपमा नेपालबाट सहभागिता जनाएका खेलाडीहरु साथै भर्खरै इन्डोनेसियामा सम्पन्न भएको एसियन गेममा रजत पदक बिजेता खेलाडीहरुलाई कोरियामा सम्मान गरिएको छ l नेपाली रास्ट्रिय टिम मुख्य प्याराग्लाइडिङ प्रशिक्षक योगेश भट्टराई, टिम ब्यबस्थापाक कृष्ण भण्डारी, प्याराग्लाइडिङ खेलाडी तथा एसियन गेमका रजत पदक बिजेता बिशाल थापा ,युकेश गुरुङ ,विजय थापा ,शुशील गुरुङ तथा प्याराग्लाइडिङ रेस्ट पाइलट सुरज थापा , निस्सिम थापा ,कृष्ण सुनुवार लगाएत लाई सम्मान गरिएको हो l नेपालबाट पनि खेलाडीहरु बिभिन्न देशमा सहभागीता जनाई खेल जगतमा नेपालीहरु अन्तर्राष्ट्रिय रुपमा पहिचान गर्दै बिभिन्न तवरले विजयी भै रास्ट्रको प्रतिष्ठा र गौरब बढाएको हुदा खेलाडीहरुको योगदानको कदर गर्दै हौसला स्वरूप सम्मान गरिएको कास्की परिवारका अध्यक्ष सुरज गुरुङले जनाउनुभएको हो l हिजो शुक्रबार साँझ दोंदेमुंन अन्नपूर्ण सान रेस्टुरेन्टमा सम्पन्न उक्त सम्मान तथा भेटघाट कार्यक्रम कास्की परिवार कोरिया , तमू धीं कोरिया , अन्नपुर्ण दुधपाेखरी सेवा समाज, तनहुं सम्पर्क समितिकाे संयुक्त अायाेजनामा सस्थाका अध्यक्षहरु तथा प्रतिनिधित्व महानुभावहरुको उपस्थितिमा भएको थियो l
सम्बन्धित तस्बिरहरु :







,

0 comments

Write Down Your Responses

-->