कास्की परिवार द्वारा दशैं शुभकामना साँझ आयोजना




कृष्ण पुरी ,नमस्ते नेपाल कोरिया डट कम l१४ अक्टोबर,२०१८ कोरिया।   प्रबाशी भूमिमा संगठित हुदै सुख -दुखमा सहारा भै खेलकुद र कला मनोरंजन साथै साँस्कृतिक सामाजिक रुपमा एक आपसमा आत्मीयता,सदभावना साट्दै आईरहेको कास्की परिवार कोरिया द्वारा दोंग्देमुनमा यहि आउदो अक्टोबर २० तारिख शनिबार बेलुकी नेपालको विजयादशमीको शुभ अवसर पारेर सबै प्रवासी नेपालीहरु सगै हर्सो उल्लासको साथ दशैं मनाइने भएको छ कार्यक्रममा आफ्नो संस्कृति र परम्परालाई कायम राख्दै प्रबाशी भूमिमा रहेतापनि एकआपसमा बिजायादशमीको शुभकामना आदानप्रदान, टिका ग्रहण , नेपाली भोजन गर्दै विभिन्न सास्कृतिक कार्यक्रमहरु सहित मनोरंजनपूर्ण तवरले दशैँको महत्व झल्काउने कार्यक्रम भव्यताकासाथ आयोजना गरिने तयारी भइरहेको सो सस्थाका अध्यक्ष सुरजमान गुरुङले बताउनुभएको छ उक्त कार्यक्रममा चर्चित स्थानीय कलाकर्मीहरुको बेजोड प्रस्तुतिमा आपसी सदभाव,भेटघाट ,शुभकामना आदानप्रदान, मनोरन्जनात्मक नाचगान, तथा मीष्ठान्न भोजन परिकार सहितको रमाइलो कार्यक्रम जहा परदेशमा रहेर पनि पारिवारिक बाताबरणमा थोरै भए पनि दशैँको आभास दिलाउने दशैँ विशेष कार्यक्रम भएको हुदा सम्पूर्ण कास्की बासी लगाएत साथै कोरियामा रहनुभएका बिभिन्न पेसाकर्मी , सम्पूर्ण संघसस्था  ब्यबसायी तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थिती भई कार्यक्रम सभ्य र भब्य रुपले सफल पारिदिनहुन हार्दिक अनुरोध गरिएको छ
मितिः २०१८ अक्टोबर २० शनिबार
समयः बेलुका ०९ः०० बजे देखि बिहान ०५ः०० बजे सम्म
स्थानः दोङदेमुन मोयोरा लाईभ क्याफे, पुरानो नेपाल हाउस जाने बाटोमा
जाने तरिकाः लाईन नं. १, ६ दोङम्यो स्टेशन गेट नं. २ देखी १०० मिटर अगाडी 

,

0 comments

Write Down Your Responses

-->